१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

कारवाही रोक्न माग गर्दै नेपाल पक्षीय नेताहरुले पेश गरेको रिट सर्वोच्चमा दर्ता, आइतबार पेशी



काठमाडौं । आफुहरुमाथि अध्यक्ष केपी शर्मा ओलीले गर्नलागेको कारवाही रोकिपाउँ भन्दै नेकपा एमालेका माधव नेपाल पक्षीय नेताहरुले सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन दर्ता भएको छ ।

नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाऊँ भन्दै बुधबार दिएका थिए । निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चमा दिएको निवेदन बिहीबार दर्ता भएको हो । यो निवेदनमाथि आइतबारका लागि पेशी तोकिएको छ ।

निवेदनमा २०७५ जेठ २ गतेअघिकै नेकपा ९एमाले० ब्युँताउन माग गरिएको छ । रिट निवेदकहरुले सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गरिपाऊँ भन्ने माग समेत गरेका छन् ।

यही बैशाख ७ गते अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेता नेपाल र खनालसहित २७ जना सांसदलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेपछि नेपालपक्षीय नेताहरु सर्वोच्चको शरणमा पुगेका हुन् ।

निवेदनमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/uml-nepal-writ-supreme.pdf”]

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ४ : ३८ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम