१२ असार २०८३, शुक्रबार | June 26, 2026

टी-१० क्रिकेट प्रतियोगिता : गोर्खा वारियर्स र मास्टर्स-११ विजयी



भैरहवा । भैरहवामा जारी स्टडील्याण्ड टी-१० क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा गोर्खा वारियर्स क्रिकेट क्लब र मास्टर्स-११ विजयी भएका छन ।

गोर्खा वारियर्सले बुद्ध क्रिकेट क्लबलाई ५ विकेट र मास्टर्स-११ ले डीए स्पोट्र्सलाई ५ रनले पराजित गरेको हो ।

सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले ८ विकेटको क्षतिमा ६२ रन बनायो । उसका लागि रुपेश कुर्मीले ३२ र जयप्रकाश शर्माले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

बलिङमा गोर्खा वारियर्सका सुभाष विकले २, करण विक, शेषदत्त थारु, प्रदीप सुवेदी र सुमन पन्थीले समान १/१ विकेट लिए । जवाफी ब्याटिङ गरेको गोर्खा वारियर्सले ७ ओभर ३ बलमा २ विकेटको क्षतिमा ६३ रन बनाउँदै जित निकाल्यो ।

उसका लागि महेश रानाले अविजित ३१ र राहुलले २८ रन बनाए । बलिङमा बुद्धका रुपेश कुर्मी र सुरज गुरुङले १/१ विकेट लिए । सुभाष विक म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मास्टर्स-११ ले ५ विकेटको क्षतिमा ७८ रन बनायो । उसका लागि रुपेश बास्तोलाले २७, आदित्य त्रिपाठीले १६ र सुजन मकाजुले १३ रन बनाए । बलिङमा डीए स्पोट्र्सका मुकेश प्रजापतीले २, रियाज उद्दिन खान र लक्ष्मण परियारले १÷१ विकेट लिए ।

जवाफमा डीए स्पोट्र्सले ५ विकेटको क्षतिमा ७३ रन मात्रै बनायो । उसका लागि सुजन गौतमले २२, रियाज उद्दिन खानले १४ र अभिषेक पटवाले अविजित ११ रन जोडे । बलिङमा मास्टर्स-११ का अजय यादव, सामोद पौडेल र अनिल जैसवालले १/१ विकेट लिए ।

सामोद पौडेल म्यान अफ द म्याच भए । शुक्रबार तिरुपति क्रिकेट क्बल र घिनाहा-११ तथा लुम्बिनी खुकुरी क्रिकेट क्लब र जीआर एकेडेमीबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ५ : ४९ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको