११ माघ २०८२, आइतबार | January 26, 2026

त्रिकोणात्मक टी-२० सिरिज : मलेसियामाथि नेपालको सानदार जित



काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको खेलमा नेपालले मलेसियामाथि ६९ रनले विजयी भएको छ ।

बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रिएको मलेसिया २० ओभरमा पुरै विकेट गुमाएर १४८ रनमै समेटियो ।

मलेसियाका लागि अम्मिनुदिन राम्लीले ४१ रनको योगदान गरे । सायद अजिजले ४, अनवार अर्दिनले ६, फाइज अहम्मदले ३१, भिरेनदिप सिंहले १३, सर्भिन मुनयन्डीले ३ रन जोडे । यस्तै, अन्नोल फाजिजले ११, फित्रि सामले १४, धिभेन्द्र मोर्गनले २, मुहमम्द वाफिकले १२ र अनवार रहमानले २ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरीले समान तीनरतीन विकेट लिए । सुशन भारीले एक विकेट लिए ।

यसअघि नेपालका लागि करन केसीले सर्वाधिक ४५ रन बनाए । उनले लगातार तीन छक्का प्रहार गरेका थिए । ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । लगातार तीन खेलमा अर्धशतक हानेका अर्का ओपनर कुशल भुर्तेल भने १६ रनमै आउट भएका छन् ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । विनोद भण्डारीले ८ र कुशल मल्लले १९ र सोमपाल कामीले २ रन बनाए । मलेसियाका लागि फित्रि साम, अनवार रहमान र सायद अजिजले समान दुईरदुई विकेट लिए । यस्तै, मुहमम्द वाफिकले एक विकेट लिए ।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा नेदरल्याण्डविरुद्ध २ सय ६ रन बनाएको थियो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : २१ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन