८ चैत्र २०८२, आइतबार | March 22, 2026

त्रिकोणात्मक टी-२० सिरिज : मलेसियामाथि नेपालको सानदार जित



काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० आई क्रिकेट सिरिज अन्तर्गत बिहिबार भएको खेलमा नेपालले मलेसियामाथि ६९ रनले विजयी भएको छ ।

बिहिबार टियु क्रिकेट मैदानमा भएको खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो । जवाफि ब्याटिङमा उत्रिएको मलेसिया २० ओभरमा पुरै विकेट गुमाएर १४८ रनमै समेटियो ।

मलेसियाका लागि अम्मिनुदिन राम्लीले ४१ रनको योगदान गरे । सायद अजिजले ४, अनवार अर्दिनले ६, फाइज अहम्मदले ३१, भिरेनदिप सिंहले १३, सर्भिन मुनयन्डीले ३ रन जोडे । यस्तै, अन्नोल फाजिजले ११, फित्रि सामले १४, धिभेन्द्र मोर्गनले २, मुहमम्द वाफिकले १२ र अनवार रहमानले २ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरीले समान तीनरतीन विकेट लिए । सुशन भारीले एक विकेट लिए ।

यसअघि नेपालका लागि करन केसीले सर्वाधिक ४५ रन बनाए । उनले लगातार तीन छक्का प्रहार गरेका थिए । ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । लगातार तीन खेलमा अर्धशतक हानेका अर्का ओपनर कुशल भुर्तेल भने १६ रनमै आउट भएका छन् ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ४१ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । विनोद भण्डारीले ८ र कुशल मल्लले १९ र सोमपाल कामीले २ रन बनाए । मलेसियाका लागि फित्रि साम, अनवार रहमान र सायद अजिजले समान दुईरदुई विकेट लिए । यस्तै, मुहमम्द वाफिकले एक विकेट लिए ।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा नेदरल्याण्डविरुद्ध २ सय ६ रन बनाएको थियो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : २१ बजे

होर्मुज जलमार्ग विवाद चर्किँदै : ट्रम्पको इरानलाई ४८ घण्टे चेतावनी, क्षेत्रीय तनाव बढ्दो

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र होर्मुज

नेपालगन्ज भन्सार : लक्ष्यअुनसार राजस्व सङ्कलन हुनसकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा

आजको मौसम : कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा