११ बैशाख २०८१, मंगलबार | April 24, 2024

आइपिएल २०२१ : राजस्थानलाई हराउँदै बैंगलोर शीर्ष स्थानमा



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगिता अन्तर्गत रोयल च्यालेञ्जर्स बैंगलोरले लगातार चौथो जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई १० विकेटको विशाल अन्तरले पराजित गर्दै जारी प्रतियोगितामा अपराजित रहने एकमात्र टोली बनेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६.३ ओभरमा भेट्टायो । बैंगलोरको जितमा देवदत्त पडिक्कलले शतकीय योगदान दिए । ४६ बलमा ३ छक्का र ६ चौकाको मद्धतमा आइपिएल करियरको पहिलो शतक प्रहार गरे ।

उनी १ सय १ रन र कप्तान विराट कोहली ७२ रनमा नटआउट रहे । यसअघि मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङमा उत्रिएको राजस्थानले ९ विकेटमा १ सय ७७ रन बनाएको थियो ।

सुरुवाती ३ विकेट सस्तैमा गुमाएको राजस्थानको पारीलाई शिभम् दुबे र रियान परागले पाँचौँ विकेटका लागि ६६ रनको अर्धशतकीय साझेदारी गर्दै स्कोर १ सय ९ रनसम्म पुर्याएका थिए । दुबेले ४६ तथा परागले २५ रन बनाए ।

यस्तै, राहुल तेवाटियाले ४०, सञ्जु सामसनले २१ तथा क्रिस मोरिसले १० रन जोडे । बैंगलोरका मोहम्मद सिराज र हर्सल पटेल समान ३-३ तथा काइल जेमिसन, केन रिचर्डसन र वासिङ्टन सुन्दरको नाममा एक-एक विकेट रह्यो ।

जितसँगै बैंगलोर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बैंगलोरको ४ खेलबाट ८ अंक रहेको छ । समान ४ खेल खेलेको चेन्नइ दिल्लीभन्दा रनरेटमा अघि रहँदै दोस्रो र दिल्ली तेस्रो स्थानमा रहेको छ । दुवैको ६ अंक रहेको छ ।

यसैगरी, मुम्बइ ४ अंकसहित चौथो स्थानमा रहेको छ । हैदरावाद, कोलकाता, पञ्जाब र राजस्थान एक खेलमा जितसहत २ अंक जोड्दै क्रमशः पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : १९ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना