१ पुस २०८२, मंगलबार | December 16, 2025

एकाबिहानै बाँकेमा ३ जना कोरोना संक्रमितले ज्यान गुमाए



नेपालगन्ज । बाँकेमा आज पनि ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बाँकमा उपचाररत एक जना जिल्ला बाहिरका र २ जना जिल्ला भित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

२ जनाको बिहिबार राती र १ जनाको आज बिहान मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले बताए । ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत बनगाड(३ सल्ल्यानका ५६ वर्षिय विर वहादुर नेपाली, जानकी ( १ की ७१ वर्षिया महिला सुमन पाठक र बैजनाथ ( ६ का २८ वर्षिय मानबहादुर पुनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

सल्यानका नेपाली र बाँकेकी पाठकको बिहिबार राती मृत्यु भएको थियो भने बाँककै पुन आज बिहान मृत्यु भएको हो ।

मृतकहरुको शव ब्यवस्थापनका लागि परिवारका सदस्य र नेपाली सेनासँग समन्वय भईरहेको फोकलपर्शन ओलीले जनाएका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : १६ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा