१६ चैत्र २०८२, सोमबार | March 30, 2026

जनस्वास्थ्य मापदण्डको धज्जी उडाउँदै सुरु भयो एमाले महाधिवेशन आयोजक कमिटी बैठक



काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सयौं एमाले केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले २५ जना भन्दा बढी मानिस एकैठाउँमा उपस्थित हुन नपाउने नियम लागु गरे पनि स्वयं प्रधानमन्त्रीकै अध्यक्षतामा यो नियमको धज्जी उडाइएको छ । फागुन २८ पछि विस्तार गरिएको एमालेको केन्द्रीय कमिटी २ सय ६५ सदस्यीय रहेको छ ।

बैठकमा माधवकुमार नेपाल पक्षीय नेताहरु भने अनुपस्थित भएका छन् । महाधिवेशन आयोजक कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेले तयार पारेको सांगठानिक प्रस्तावमाथि छलफल हुने बताइएको छ । यो बैठकले नेताहरुको कार्यविभाजन समेत गर्नेछ ।

बैठकले नेपाल पक्षीय नेताहरुलाई थप कारवाही प्रक्रियालाई अघि बढाउनेछ । नेता नेपाल, झलनाथ खनालसहित चार २७ जना संघीय सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई कारवाही गर्नैका लागि अध्यक्ष ओलीले स्पष्टीकरण सोधिसकेका छन् ।

सरकारले स्वास्थ्य मापदण्डका लागि २५ जनाभन्दा बढि जन्ती, मलामीमा समेत सहभागी हुन नपाउने नियम जारी गरेको छ। सोहि नियमअनुसार अहिले स्कूल, कलेज, फिल्म हल बन्द गरिएको छ। तर यति नै बेला प्रधानमन्त्री निवासमा भने एउटै सभाहलमा सयौं व्यक्ति सहभागी रहेको बैठक प्रधानमन्त्रीकै अध्यक्षतामा सुरु भएको हो।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : ५९ बजे

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको