१६ चैत्र २०८२, सोमबार | March 30, 2026

ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार सांसद एमालेबाट निस्काशित



काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई पार्टीबाट निस्काशन गरेको छ ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बसेको बैठकले पार्टी संसदीय दलको ह्वीप उल्लंघन गरी फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको हो ।

चारै जना सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई बैशाख ३ गते प्रदेशसभामा विश्वासको मत दिएका थिए । पार्टीबाट निस्काशित हुनेहरुमा प्रदेश सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर शाही, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । विश्वासको मत दिएर पनि पछि सच्चाएकी देवी ओली भने कारवाही गरिएको छैन ।

उनीहरुलाई पार्टीले औपचारिक रुपमा कारावाही गरेपछि अब सांसद पदि समेत खारेज हुने भएको छ । यस्तै बैठकले प्रतिनिधिसभाका २७ सांसदमाथि कस्तो कारवाही गर्ने निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिएको छ । यही बैशाख ७ गते अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपाल, झलनाथ खनालसहित २७ जना सांसदलाई कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ३२ बजे

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको