४ पुस २०८२, शुक्रबार | December 19, 2025

ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार सांसद एमालेबाट निस्काशित



काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई पार्टीबाट निस्काशन गरेको छ ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बसेको बैठकले पार्टी संसदीय दलको ह्वीप उल्लंघन गरी फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरेको हो ।

चारै जना सांसदले फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई बैशाख ३ गते प्रदेशसभामा विश्वासको मत दिएका थिए । पार्टीबाट निस्काशित हुनेहरुमा प्रदेश सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर शाही, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । विश्वासको मत दिएर पनि पछि सच्चाएकी देवी ओली भने कारवाही गरिएको छैन ।

उनीहरुलाई पार्टीले औपचारिक रुपमा कारावाही गरेपछि अब सांसद पदि समेत खारेज हुने भएको छ । यस्तै बैठकले प्रतिनिधिसभाका २७ सांसदमाथि कस्तो कारवाही गर्ने निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिएको छ । यही बैशाख ७ गते अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले माधवकुमार नेपाल, झलनाथ खनालसहित २७ जना सांसदलाई कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ३२ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा