२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

टी-१० क्रिकेट प्रतियोगिता : तिरुपति र खुकुरी विजयी



भैरहवा । तिरुपति क्रिकेट क्लब र लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवामा जारी स्टडील्याण्ड टी-१० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विजयी भएका छन् ।

तिरुपतिले घिनाहा-११ लाई १९ रन र खुकुरीले जीआरलाई क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएका हुन् ।

सिद्धार्थ रंगशालमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको तिरुपतिले १ विकेटको क्षतिमा ९२ रनको योगफल बनायो । जसमा बसिर अहम्मदले अविजित ३६, अजय कौशिल्याले २० र तुलबहादुर थापाले अविजित १७ रन जोडे ।

बलिङमा घिनाहा-११ का जितेन्द्र साहनीले १ विकेट लिए । प्रतिउत्तरमा घिनाहा-११ ले ९ विकेटको क्षतिमा ७३ रन मात्रै बनायो । जसमा शैलेष यादवले १९, दिलसाद अलीले १४ र अर्पण लोनियाले १३ रन बनाए । बलिङमा तिरुपतिका बसिर अहम्मद, एकलाख अहम्मद र अमृत गुरुङले समान २/२ तथा मोहम्मद हुसेन र तुलबहादुर थापाले १/१ विकेट लिए । बसिर अहम्मद म्यान अफ द म्याच भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको जीआरले ६ विकेटको क्षतिमा ८९ रनको योगफल बनायो । जसमा लक्की पाण्डेले ४१ र अर्जुन गिरीले ३१ रन बनाए । बलिङमा खुकुरीका रोशन थामीले ३, अजय लोनिया २ र दुर्गेश गुप्ताले १ विकेट लिए ।

प्रतिउत्तरमा खुकुरीले ७ ओभर १ बलमा ३ विकेटको क्षतिमा ९४ रन बनाउँदै जित निकाल्यो । जसमा शंकर रानाले अविजित ३५, संदीप रजालीले २८ र निश्चल चौधरीले १६ रन बनाए । बलिङमा अर्जुन गिरीले २ तथा संदीप सुनारले १ विकेट लिए ।

रोशन थामी म्यान अफ द म्याच भए । शनिबार वेष्टर्न क्रिकेट क्लब र आरआर चिल्हिया तथा लुम्बिनी नव युवा र ग्राण्ड कस्मोबीच प्रतिस्पर्धा हुने आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)ले जनाएको छ ।

प्रतियोगितामा विजेता टिमले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा भारतका दुई टिमसहित १६ टिम सहभागी छन् । प्रतियोगिता वैशाख १८ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : ४७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री