२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिता २०७८ : उपाधिका लागि गोर्खा व्याइज र अफ्रिकन रुट भिड्ने



बुटवल । भोजपुरमा जारी अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगीता २०७८ मा रुपन्देहीको गोर्खा व्याइज एफसी विजयी हुदै उपाधि दाबेदारी पेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमीफाइनल खेलमा आयोजक भोजपुर एफसीलाई ट्राईबेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै उपाधि दाबेदारी गरेको हो । उपाधिका लागि शनिबार गोर्खा व्याइजले अफ्रिकन रुट एसोसियन क्यामरुनसंग फाईनलमा प्रतिस्प्रर्धा गर्नेछ ।

निक्कै प्रतिस्प्रर्धात्मक खेलको निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेलमा समय थप गरिएको थियो थपिएको समयको दोस्रो मिनेटमा आयोजक भोजपुरका बिकाश राईले गोल गरेर अग्रता लिएपछि गोर्खा ब्याइज क्लब शक्ति राईले खेललाई बराबरीमा ल्याए ।

ट्राइबेकरमा गोर्खा व्याइज क्लब रुपन्देहीका गौरब श्रेष्ठ, फोफोना, शक्ति राई र मनोज श्रेष्ठले गोल गरेका थिए भने आयोजक भोजपुरका निशान लिम्बु र हेमन्त थापा मगरले गोल गरे भने बिजय भुजेल र शुसान्त तामाड्गको गोल रोकिदिएका थिए ।

गोर्खा व्याइज क्लब रुपन्देहीका पेपे म्यान अफ द म्याच घोषित हुदै नगद ३ हजार ५ सय तथा मेडलबाट पुरस्कृत भए । उनलाई भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेले पुरस्कार वितरण गरेका थिए ।

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ५६ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री