१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिका लागि आज नेपाल र नेदरल्याण्डस भिड्दै



काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्डस आज भिड्दै छन् ।

घरेलु मैदानमा नेपालले पहिलो पटक खेलिरहेको त्रिकोणात्मक सिरिजको फाइनल जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने तयारीमा छन ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र नेदरल्यान्ड्सबीचको फाइनल खेल अपरान्ह १ः१५ बजे शुरू हुनेछ । करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपाल घरेलु मैदानमा उपाधि जित्न चाहन्छ ।

नेदरल्यान्ड्स पनि नेपाललाई उसैको घरेलु मैदानमा पराजित गर्दै सिरिजको उपाधि जित्न चाहन्छ । तर, उपाधिका लागि दुबै टोलीलाई त्यति सहज भने हुने छैन् ।

सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल फाइनलमा पनि त्यही लयलाई कायम गर्न चाहन्छ । सिरिजमा नै उच्च प्रदर्शन गरेको नेपाल फाइनलमा पनि नेदरल्यान्ड्सलाई कडा चुनौती दिन चाहन्छ ।

तर, नेदरल्यान्ड्ससँग पनि सिरिजको दोस्रो खेलमा नेपाललाई पराजित गरेको उच्च मनोबल छ । नेदरल्यान्ड्सले दोस्रो खेलमा नेपाललाई ३ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ०३ बजे

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको