११ माघ २०८२, आइतबार | January 26, 2026

कोरोना बढ्यो, भिडभाड उस्तै : लापर्बाही बढ्दो, अनुगमन निष्प्रभावी



काठमाडौं । देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ ।

यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै आएका छन् ।

त्यस्तै, नियमनकारी निकाय सरकार र राजनीतिक दलले समेत जनस्वास्थ्य मापदण्ड पालना उल्लंघन गर्दै आएका छन् । अहिले दैनिकजसो शीर्ष दलले भेला, बैठक जारी नै राखेका छन् । देशका मुख्य सहरमा भिडभाड कम हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाए पनि कार्यान्वयन भइरहेको छैन ।

मुख्यतः सार्वजनिक यातायातमा सवार गर्दा भौतिक दूरी कायम हुन सकेको भने मास्क र घरबाहिर निस्किँदासमेत सेनिटाइजर उचित प्रयोग हुन सकेको छैन । सरकारले जनस्वास्थ्य मापदण्ड जारी गरे पनि कार्यान्वयन फितलो देखिएको छ । विभिन्न मेला, जात्रासमेत जारी छन् । विवाह, पार्टी जनस्वास्थ्य मापदण्ड पालनाबिनै भइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना जोखिम अत्यधिक बढेको भन्दै २५ जनाभन्दा बढी भेला नहुन आम नागरिकलाई आग्रह गरेका छन् । ‘भौतिक दूरी कायम नहुने, मास्क समुचित प्रयोग नहुने र सरसफाइमा ध्यान दिइएन भने जोखिम दर बढ्दै जान्छ,’ उनले भने ।

देशभरका स्थानीय प्रशासनले जनस्वास्थ्य मापदण्ड कार्यान्वयन गर्न पत्राचार गरे पनि सो विषय लागू हुन सकेको छैन । सरकारले समेत मापदण्ड उल्लंघन गर्नेलाई कारबाही दायरामा ल्याउन सकेको छैन । संक्रमण जोखिम बढे पनि केही नागरिकमा डरत्रास मान्न छाडेका छन् ।

चिउँडोमा मास्क लगाएर हिँड्ने गरेको समेत पाइएको छ । घरबाहिर निस्किँदा साबुनपानी नभएको बेला हातले केही छोए सेनिटाइजर उचित प्रयोग गर्ने भनिए पनि त्यसो हुन सकेको छैन ।

अझै सरकारको निर्देशनविपरीत केही विद्यालयले विद्यार्थीलाई भौतिक दूरीसहित पठनपाठन गराइरहेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ३३ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन