८ चैत्र २०८२, आइतबार | March 22, 2026

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिका लागि टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका अहिले नेपाल र नेदरल्याण्डसले प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्याण्डसले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपालले केही बेरमा नेदरल्याण्डसविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा शाहव आलमको स्थानमा कमल सिंह ऐरीलाई बोलाएको छ ।

आजको खेलमा जित निकाल्दै नेपाल वर्षको सुखद सुरुवात गर्ने योजनामा छ । नेपालले लामो समयपछि उपाधि जित्ने योजनामा छ । घरेलु मैदान भएका कारण नेपाललाई आजको खेलमा जित निकाल्ने अवसर छ ।

नेपालले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई दोस्रो खेलमा पराजित गरेको थियो । नेपालले हालसम्म नेदरल्याण्डससँग १० टी-ट्वान्टी खेल खेलेको छ । जसमा ८ टी-ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी-ट्वान्टी खेल हो ।

नेपालले ३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले २ टी-ट्वान्टी र ४ टी-ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ । एक खेल नतिजाविहीन भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ३७ बजे

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

हिमपातले किसानलाई राहत

मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले यहाँका किसान र