११ माघ २०८२, आइतबार | January 26, 2026

त्रिकोणात्मक टी-२० सिरिज : उपाधिका लागि टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका अहिले नेपाल र नेदरल्याण्डसले प्रतिस्पर्धा गर्दैछन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्याण्डसले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपालले केही बेरमा नेदरल्याण्डसविरुद्ध ब्याटिङ थाल्नेछ । नेपालले आजको खेलमा शाहव आलमको स्थानमा कमल सिंह ऐरीलाई बोलाएको छ ।

आजको खेलमा जित निकाल्दै नेपाल वर्षको सुखद सुरुवात गर्ने योजनामा छ । नेपालले लामो समयपछि उपाधि जित्ने योजनामा छ । घरेलु मैदान भएका कारण नेपाललाई आजको खेलमा जित निकाल्ने अवसर छ ।

नेपालले सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्सले नेपाललाई दोस्रो खेलमा पराजित गरेको थियो । नेपालले हालसम्म नेदरल्याण्डससँग १० टी-ट्वान्टी खेल खेलेको छ । जसमा ८ टी-ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी-ट्वान्टी खेल हो ।

नेपालले ३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले २ टी-ट्वान्टी र ४ टी-ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ । एक खेल नतिजाविहीन भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १ : ३७ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन