१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

त्रिकोणात्मक टी-२० सिरिज : नेपालद्वारा नेदरल्यान्ड्सलाई २३९ रनको लक्ष्य



काठमाडौं । नेपालमा जारी त्रिकोणात्मक टी-२० सिरिजको पाधिका लागि नेपालले नेदरल्याण्डलाई २३९ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनायो । टी-२० क्रिकेटमा यो नेपालको सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ७७ रनको योगदान गरे । उनको यो सिरिजमा चौथो अर्धशतक हो । कुशल मलले पनि अर्धशतक प्रहार गरे ।

उनले ५० रन जोडे । अर्का ओपनर आसिफ शेखले भने १६ रनमै आउट भए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । दिपेन्द्रसिंह ऐरीले ४८ रन बनाए ।

नेदरल्याण्डका लागि फिलिपे बोइसरिनले दुई विकेट लिए । सेबस्टियान ब्राटले एक विकेट लिए ।

टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो अहिलेसम्मकै ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : ३९ बजे

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

खोटाङ । खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता

भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७

आजको मौसम : पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,