१५ बैशाख २०८१, शनिबार | April 27, 2024

आइपिएल २०२१ : ६ विकेटले कोलकातालाई पराजित गर्दै राजस्थान छैटौँ स्थानमा



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई विकेटले पराजित गर्दै छैटौँ स्थानमा उक्लिएको हो ।

कोलकाताले दिएको १ सय ३४ रनको मध्यम लक्ष्य राजस्थानले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । राजस्थानको जितमा सञ्जु सामसनले अविजित ४२ रनको योगदान दिए । यस्तै, यजश्वी जैसवाल र शिभम् दुबेले समान २२-२२ तथा डेविड मिलारले २४ रनको नटआउट पारी खेले ।

मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको कोलकाताले ९ विकेटको क्षतिमा १ सय ३३ रन मात्र बनाउन सक्यो । कोलकाताका राहुल त्रिपाठीले ३६, दिनेश कार्तिकले २५, नितिश रानाले २२, शुभमन गिलले ११ तथा प्याट कमिन्सले १० रन बनाए ।

राजस्थानका क्रिस मोरिसले ४, मुस्ताफिजुर रहमान, चेतन सकरिया र जयदेव उनादकतले समान १-१ विकेट लिए । जितसँगै पुछारमा रहेको राजस्थान छैटौँ स्थानमा उक्लिएको छ भने पराजित कोलकाता पुछारमा पुगेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : २६ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।