१२ माघ २०८२, सोमबार | January 26, 2026

कोरोनाको उच्च जोखिममा बालबालिका



काठमाडौं । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड-१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् ।

शुक्रबार धादिङको नेत्रावती गाउँपालिका-४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १० गते १८ वर्षमुनिका २२६ जना बालबालिका सङ्क्रमित भएका छन् । यस्तै वैशाख ९ मा १९६, वैशाख ८ मा २४९, वैशाख ७ गते १६७, वैशाख ६ मा ९१, वैशाख ५ मा १००, वैशाख ४ मा ८२, वैशाख ३ मा ७०, वैशाख २ मा ४५, वैशाख १ गते ६४ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सहप्रवक्ता डा. अधिकारीले १८ वर्षमुनिका ४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए । पछिल्लो केही दिनयता बालबालिकामा कोरोना सङ्क्रमण दर उच्च रहेको छ ।

गत महिना चैत २८ मा ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका थिए । यस्तै चैत २७ मा २८८ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३४ जना बालबालिका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरसँंगै धेरैजसो बालबालिका सङ्क्रमित हुन पुगेका छन् । उनले १८ वर्षमुनिका बालबालिकाको सङ्क्रमण दर उच्च हुदै गएको बताए ।

पहिलो चरणको कोरोना लहरमा बालबालिका कोरोनाको जोखिममा देखिएका थिएनन् तर दोस्रो चरणमा भने बालबालिका उच्च जोखिममा छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले पहिलो चरणमा ज्येष्ठ नागरिक र दीर्घरोगी उच्च जोखिममा रहेकोमा यसपटक बालबालिका उच्च जोखिममा रहेको बताए ।

कोरोना भाइरस दैनिक बढिरहेको भन्दै उनले विद्यालयमा अध्ययरत बालबालिका सङ्क्रमित हुन पुगेको बताए । उनले केही समयअघिसम्म अस्पतालका कोभिड वार्ड खाली हुने गरेकोमा पछिल्लो समय अस्पतालमा कोभिडका गम्भीर बिरामीको सङ्ख्या बढ्दै गएको बताए । यतिखेर कान्ति अस्पतालमा एक महिना नपुगेको नवजात शिशु कोरोना सङ्क्रमित हुन पुगेका छन् ।

कान्ति बाल अस्पतालका निर्देशक डा. आरपी बिच्छाका अनुसार एकमहिने शिशुदेखि ११ वर्षसम्मका चार जना बालबालिका कोरोना सङ्क्रमित भई कान्तिमा उपचाररत छन् । उनले उनीहरूलाई अक्सिजन दिएर राखिएको जानकारी दिए । डा. बिच्छाका अनुसार बालबालिकामा कोरोनाविरुद्धको खोप नआइसकेकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्न अभिभावकको भूमिका महत्वपूर्ण हुने छ ।

उनले बालबालिकालाई बाहिर नपठाउन आग्रह गर्दै बाहिर हिँडिरहने अभिभावकसँंग बालबालिकालाई नराख्न आग्रह गरे । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बालबालिकाले मास्क लगाउन र जनस्वास्थ्यको मापदण्ड पालना गर्न नजानेकाले धेरै चनाखो हुनुपर्ने बताए ।

उनले बालबालिकालाई घरमै सुरक्षित राख्न सुझाव दिए । बाहिर निरन्तर हिँडिरहने अभिभावकभन्दा टाढा राख्नुपर्ने चिकित्सकको सुझाव छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ३९ बजे

कर्मचारी कुटपिट गर्नुपर्ने जस्ता अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि हिंसा

अर्बुदरोग निवारण संस्थाले विश्व क्यान्सर दिवसमा सचेतना कार्यक्रम गर्ने

बुटवल । नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले विश्व क्यान्सर

लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्वाचन आयोगको पहल

काठमाडौँ । निर्वाचनमा सामाजिक सञ्जालबाट हुने निर्वाचन आचारसंहिता उल्लङ्घनको नियमन