२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबलको गोर्खा व्याइजलाई उपाधि



बुटवल । नया वर्षको शुरुवातमै रुपन्देहीको गोर्खा व्याइज एफसीले सिजनको पहिलो उपाधि आफनो नाममा लेखाउन सफल भएको छ ।

शनिबार सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्ड कप फुटबल प्रतियोगिता २०७८ को उपाधि रुपन्देहीको गोर्खा ब्याइज एफसीले चुमेको हो ।

फाईनल खेलमा अफ्रिकन रुट एसोसियन क्यामरुनलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसंगै गोर्खा व्याइज नगद ५ लाख, कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

उपविजेता अफ्रिकन रुट एसोसियन क्यामरुन नगद ३ लाख, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो । भोजपुरस्थित टुडिखेलमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको थप गरिएको समयमा गोर्खा ब्याइजका पेपेले विजयी गोल गरे ।

प्रतियोगिता उनि प्लेयर अफ दी टुनामेन्ट घोषित हुदै पुरस्कृत भए । फाईनल खेलमा गोर्खा ब्याईजका गौरब श्रेष्ठ म्यान अफ दी म्याचबाट पुरस्कृत भए । यसैगरि गोर्खा व्याइजकै मनोज श्रेष्ठ बेष्ट डिफेन्ट, अरुण लामा बेष्ट गोलकिपर, दयाराम सापकोटा बेष्ट कोचबाट पुरस्कृत भए ।

अफ्रिकन रुटका एन रोनाल्डो बेष्ट मिड फिल्डर घोषित हुदै पुरस्कृत भए । प्रतियोगिताको विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई भोजपुर नगरपालिकाका नगरप्रमुख कैलाश कुमार आलेले पुरस्कृत बितरण गरेका थिए ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा ८ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ७ : ०४ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री