२७ भदौ २०८३, शनिबार | September 12, 2026

जन्ती बोकेको बसलाई टिप्परको ठक्कर; दुई बालिकाको मृत्यु, ६ जना गम्भीर घाइते



बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा टिप्परले तीन वटा जन्ती बसलाई ठक्कर दिँदा २ बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना गम्भीर घाइते भएका छन् ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–बेलहिया सडक खण्डमा दुर्घटनामा परेर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१५ की १० वर्षकी सरस्वती हरिजन र ८ वर्षकी की गंगा हरिजनको मृत्यु भएको प्रहरीले बताएको छ । भैरहवाबाट जन्ती लिएर बुटवलतर्फ आउँदै गरेको लु १ ख ९६८५ नम्वरको बसलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ६०६४ नम्वरको टिप्परले पछाडिबाट ठक्कर दिएको थियो ।

टिप्परले पछाडिबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेको अर्को र लु १ ख ५७८८ नम्वरको बसलाई ठक्कर दिएको थियो । उक्त बस अनियन्त्रित भएर लु २ च ७०७२ नम्बरको बोलेर जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी टिप्पर चालक सहित ६ जना घाइते भएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेमध्ये टिप्पर चालकको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा र अन्य ५ जनाको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ६ : ४१ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित