१२ असार २०८३, शुक्रबार | June 26, 2026

आइपिएल २०२१ : पन्जाबलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकाल्यो



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा कोलकत्ता नाइट राईडर्सले दोस्रो जित निकालेको छ ।

अहमदाबादमा सोमबार राति पन्जाब किङ्सलाई ५ विकेटले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकत्ताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताका जितमा कप्तान इयान मोर्गनले अविजित रहदै ४७ रन जोडे ।

यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए । आन्द्रे रसेल १० रनमा आउट भए । पन्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दिपक होडाले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए ।

लोकेश राहुल र निकोलस पुरणले समान १९/१९ रन जोड्दा साहरुख खानले १३ रन बनाए । कोलकत्ताका प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

सुनिल नारिन र पाट कुमिन्सले २/२ विकेट लिए । जितसँगै कोलकत्ताले पाँचौं स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ । पन्जाबको ६ खेलमा ४ अंक छ । पन्जाब छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : ३२ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको