१२ असार २०८३, शुक्रबार | June 26, 2026

टी-१० क्रिकेट प्रतियोगिताको‌ उपाधि न्यु होराइजनलाई



भैरहवा । तिलोत्तमा क्रिकेट क्लबलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्यु होराइजन क्रिकेट क्लबले भैरहवामा सम्पन स्टडील्याण्ड टी-१० क्रिकेट प्रतियोगिताको उपाधि चुमेको छ ।

जितसँगै होराइजनले नदर ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्यो । उपविजेतामा चित्त बुझाएको तिलोत्तमाले २५ हजार र ट्रफी प्राप्त गरेको छ ।

मंगलबार सिद्धार्थ रंगशालमा भएको फाइनलमा टस जितेर ब्याटिङ गरेको तिलोत्तमाले ९ विकेटको क्षतिमा ३४ रन मात्रै बनायो । उसका लागि माधब बस्नेतले नटआउट ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका शुसान भारीले ३, कुशल मल्लले २ तथा विपिन खत्री, शक्ति गौचन र गोबिन्द केसीले समान १/१ विकेट लिए ।

प्रतिउत्तरमा न्यु होराइजनले २ ओभर ४ बलमा बिना क्षति ३६ रन बनाउँदै जित निकाल्यो । उसको जितमा कुशल मल्लले नटआउट २७ र प्रकाश गिरीले नटआउट ९ रन बनाए । शुसान भारी म्यान अफ दि फाइनल भइ पुरस्कृत भए ।

यसअघि आजै भएको सेमिफाइनलमा न्यू होराइजनले लुम्बिनी खुकुरी क्रिकेट क्लबलाई ५ विकेट र तिलोत्तमाले गोर्खा वारियर्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा तिलोत्तमाका यम क्षेत्री म्यान अफ द सिरीज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, लुम्बिनी खुकुरीका शंकर रानाले बेष्ट ब्याट्सम्यान र तिलोत्तमाका कृष्ण पराजुलीले बेष्ट बलरको उपाधि हात पारे ।

उनीहरुले समान ५/५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी तिलोत्तमाकै भुवन गैरेले बेष्ट क्याच, खुकुरीका शंकर रानाले बेष्ट सिक्सेसको पुरस्कार हात पारे ।

उनीहरुले दुई हजार ५ सय रुपैयाँ प्राप्त गरे । यस्तै, तिरुपति क्रिकेट क्लब अनुशासित टिम हुँदै पुरस्कृत भयो । प्रतियोगितामा सेमिफाइनल खेलेका लुम्बिनी खुकुरी र गोर्खा वारियर्सलाई १०/१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

विजयी टिमलाई जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज विश्वकर्मा, आयोजक संस्था मेलवर्न क्रिकेट एण्ड स्पोट्र्स क्लब (एमसीसी)का अध्यक्ष विमल सेन्चुरी लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा भारतका दुईसहित १६ टिमको सहभागिता थियो । कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै प्रतियोगितालाई छोट्याएर मंगलबार मात्रै सेमिफाइनल र फाइनल खेल खेलाइएको हो ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : १२ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको