२५ भदौ २०८३, बिहिबार | September 11, 2026

जोर-बिजोर प्रणाली अवज्ञा गर्ने ६ सय सवारी प्रहरी कारवाहीमा



बुटवल । रुपन्देहीमा जोरबिजोर प्रणाली उल्लंघन गर्दै सवारी चलाउने सयौं सवारी चालक प्रहरी कारवाहीमा परेका छन् । आजबाटै लागुभएको जोर बिजोर प्रणाली उल्लंघन गर्ने ६०० बढी सवारी साधन र त्यसको चालकलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय प्रशासनको जोरबिजोर सवारी चलाउने निर्णयको अनुगमन गर्न जिलाका बिभिन्न स्थानहरुमा सवारी जाँच गरेको थियो। जिल्लाको सिमलनचौक, बेथरी, अञ्चलपुर, वाईपास, बसन्तपुर लगायतका ीथानमा प्रहरीले गरेको सवारी चेकजाँचमा मोटर साईकल ३५०, निजी सवारी साधन १५१ र सार्वजानिक सवारी सधन १९१ वटा कारवाहीमा परेका थिए । प्रहरीले पहिलो दिन भएकाले केहि समय नियन्त्रणमा लिई अव आईन्दा नियम उल्लंघन नगर्ने सर्तमा ती सवारी साधनलाई छाडिदिएको थियो ।

चेकजाँचलाई निरन्तरता दिईने र अवका दिनहरुमा भने आर्थिक जरिवाना देखि संक्रामक रोग ऐन अनुसार पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । स्थानीय प्रशासनले तत्कालका लागि जोर बिजोर प्रणाली लागु गरेपनि १६ गतेबाट पूर्णरुपमा लकडाउनको तयारी गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ०८ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ