११ बैशाख २०८१, मंगलबार | April 23, 2024

जोर-बिजोर प्रणाली अवज्ञा गर्ने ६ सय सवारी प्रहरी कारवाहीमा



बुटवल । रुपन्देहीमा जोरबिजोर प्रणाली उल्लंघन गर्दै सवारी चलाउने सयौं सवारी चालक प्रहरी कारवाहीमा परेका छन् । आजबाटै लागुभएको जोर बिजोर प्रणाली उल्लंघन गर्ने ६०० बढी सवारी साधन र त्यसको चालकलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय प्रशासनको जोरबिजोर सवारी चलाउने निर्णयको अनुगमन गर्न जिलाका बिभिन्न स्थानहरुमा सवारी जाँच गरेको थियो। जिल्लाको सिमलनचौक, बेथरी, अञ्चलपुर, वाईपास, बसन्तपुर लगायतका ीथानमा प्रहरीले गरेको सवारी चेकजाँचमा मोटर साईकल ३५०, निजी सवारी साधन १५१ र सार्वजानिक सवारी सधन १९१ वटा कारवाहीमा परेका थिए । प्रहरीले पहिलो दिन भएकाले केहि समय नियन्त्रणमा लिई अव आईन्दा नियम उल्लंघन नगर्ने सर्तमा ती सवारी साधनलाई छाडिदिएको थियो ।

चेकजाँचलाई निरन्तरता दिईने र अवका दिनहरुमा भने आर्थिक जरिवाना देखि संक्रामक रोग ऐन अनुसार पक्राउ गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । स्थानीय प्रशासनले तत्कालका लागि जोर बिजोर प्रणाली लागु गरेपनि १६ गतेबाट पूर्णरुपमा लकडाउनको तयारी गरेको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ११ : ०८ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम