१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

ग्लोबल आईएमई बैंकको खुद मुनाफा ३ अर्ब ५८ करोड, वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड नाघ्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ३ अर्ब ५७ करोड ८२लाख रुपैयाँखुद मुनाफा कमाएको छ ।

बैंकले बुधबार चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै आफ्नो नाफा सार्वजनिक गरेको हो । यो नाफा यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८७ करोड ५६लाख रुपैयाँ अर्थात ३२.४० प्रतिशत बढी हो ।

खुद मुनाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा राम्रो सुधार भएको छ । गत आर्थिक वर्षको चैत्र मसान्तसम्ममा १८ रुपैयाँ ९९ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी, चालु आर्थिक वर्षको सोही अवधि सम्ममा बढेर २२ रुपैयाँ ५ पैसा कायम भएको छ ।

यस अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ । बैंकले आफ्नो व्यवसायमा गरेको बृद्दि, सञ्चालन खर्चहरुमा अपनाएको मितव्ययिता, डिजिटाइजेशनमा गरेको लगानी, वित्तीय साधन स्रोतको प्रभावकारी उपयोग तथा कर्जा असुलीमा प्राथमिकता जस्ता नीतिहरुको सफल कार्यान्वयनबाट उल्लेखित वित्तीय प्रगति गर्न सफल भएको छ ।

विगत ९ महिनामा बैंकको निक्षेप २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँबाट बढेर २ खर्ब ५८ अर्ब ३३ करोड रुपैयाँपुगेको छ । त्यसैगरी, बैंकको खुद कर्जा लगानी १ खर्ब ९८अर्ब रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँपुगेको छ ।

गत आर्थिक वर्षको आषाढ मसान्तमा १.७६प्रतिशत रहेको निष्कृय कर्जा चैत्र मसान्तसम्मक्रमिक सुधार भइ १.६१ प्रतिशत रहेको छ । बैंकको आधार दर ९.४१ प्रतिशतबाट ६.४० प्रतिशतमा र स्प्रेड दर ५.१८ प्रतिशतबाट ४.१७ प्रतिशतमा झरेको छ । आधार दरमा आएको उल्लेख्य गिरावटबाट ग्राहकहरु समेत प्रत्यक्ष रुपमा लाभान्वित भएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त गरेको पुर्नकर्जाले आफ्ना ग्राहकहरुको व्यापार व्यवसायमा थप सघाउ पु¥याउन सकेकोले आफ्नो व्यवसायिक कदमहरु ग्राहकहरुको हितका लागि छ रहेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४७ एटीएम, २५७ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतकामुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ । ‘सबैका लागि बैंक’भन्ने नारालाई सार्थकता दिँदै बैंकले २२ लाखभन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : १० बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग