१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

केपी ओलीको स्वेच्छाचारिता विरुद्धको अभियान जारी रहन्छ : भीम रावल



नेकपा(एमाले)का नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी र पार्टी विधान विपरितका क्रियाकलाप बन्द नभएसम्म आफुहरुको अभियान बन्द नहुने बताएका छन् ।

बुधबार नेकपा(एमाले)को नेपाल खनाल समुहका नेताहरुको छलफल पछि सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिदैँ नेता रावलले अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसला र पार्टीको विधान विपरित गरको गतिविधिका विरुद्ध देशव्यापी रुपमा अभियान चलिरहेको र ओलीको क्रियाकलाप बन्द नहुञ्जेलसम्म आफुहरुको अभियान जारी रहने बताएका हुन् ।

उनले भने, ‘उहाँले सर्वोच्च अदालतको फैसला विपरित र नेकपा(एमाले)को विधान विपरित केन्द्रीय कमिटीलाई भंग गर्नुभो । कथित आयोजक कमिटी बनाउनु भो महाधिवेशनका लागि । मान्छे थप्ने, हामीलाई कारबाही गर्ने भनेर स्पष्टिकरण सोध्ने यि जतिपनि गतिविधि गर्नुभएको छ यि स्वेच्छाचारी र पार्टी विधान, पार्टीको मार्गनिर्देशन, नवौं राष्ट्रिय महाधिवेशनको निर्णय विपरितका गतिविधि हुन् । जबसम्म पार्टीको विधान मिच्ने केपी शर्मा ओलीजीका क्रियाकलाप बन्द हुँदैनन्, त्यसलाई सच्याइदैन तबसम्म हामी त्यसविरुद्ध अघि बढ्नुपर्छ भन्ने कुरालाई पुनर्पुष्टि गरेका छौँ ।’

अध्यक्ष ओलीको स्वेच्छाचारीता विरुद्ध देशव्यापी रुपमा कार्यकर्तालाई प्रशिक्षित गर्ने अभियान जारी रहने उनले बताए । आफुहरुको अभियान एमालेको सिद्धान्त, नीति, कार्यक्रम र विधानको रक्षाको लागि भएको उनले जिकिर गरे ।

नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको आरोप लगाए । सरकारले प्रभावकारी काम गर्नको लागि आव्हान गर्ने निर्णय आफुहरुको भेलाले गरेको उनको भनाइ छ । उनले भने, ‘सरकारले यस्तो अवस्थामा जुन प्रकारले प्रभावकारी पाइला चाल्नुपथ्र्यो, औषधि उपचार, स्वास्थ्यकर्मी लगायतका अरु काम गर्नुपथ्र्यो त्यसतर्फ सरकारले प्रभावकारी रुपमा काम गरेको पनि देखिएन् ।
सरकारले पनि यसमा प्रभावकारी रुपले काम गर्नुपर्छ भन्नेकुरामा पनि हामिले जोड दिदैँ त्यसका लागि आव्हान गर्ने निर्णय गरेका छौँ ।’

नेता रावलले अध्यक्ष ओलीले आफुहरुलाई कारबाही गर्ने भन्नेकुरा गलत भएको बताए । नेपालको कानुन बमोजिम ओलीले आफुहरुलाई कारबाही गर्न नसक्ने उनले जिकिर गरे ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : ४३ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित