१२ असार २०८३, शुक्रबार | June 26, 2026

बालुवाटारबाट भाग्नेले भक्तपुरको कुनामा बसेर जनता धम्क्याइरहेका छन् : भीम रावल



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कडा कटाक्ष गर्दै आफ्नो चेतावनी अहिले सत्य हुँदै गएको दाबी गरेका छन्।

शुक्रबार सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै रावलले ओलीको ‘मिसन ०८४’ कुनै उपलब्धि नभई ‘पतन ०८४’ बन्ने भन्दै आफूले त्यसबेला नै चेतावनी दिएको पुनः स्मरण गराए।

रावलले जेनजी आन्दोलनमा जलेका संरचनाको खरानी धसेर ओली जनतालाई धम्क्याउन खोजिरहेको आरोप लगाए। उनका अनुसार, जनताको वास्तविक मुद्दाबाट ध्यान हटाउन ओलीले डर र भ्रमको राजनीति गरिरहेका छन्।

उनले जेनजी आन्दोलनका संवेदनशील क्षणहरूमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीले सुरक्षा परिषद्को बैठकसमेत बोलाउन नसकी हेलिकप्टर चढेर भागेको आरोप पुनः दोहोर्याए।

‘बालुवाटारबाट हेलिकप्टर चढेर भाग्ने व्यक्ति आज भक्तपुरको कुनामा बसेर जनतालाई धम्क्याइरहेका छन्,’ उनले भने, ‘यस्ता थर्काउने प्रवृत्तिबाट जनता सचेत हुन आवश्यक छ।’

रावलले आगामी निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी पूर्ण रूपमा तयार रहेको दाबी गर्दै निष्पक्ष, भयरहित र विश्वसनीय वातावरण सुनिश्चित गर्ने जिम्मा सरकारले लिनुपर्ने बताए।

‘अन्तरिम सरकारलाई भन्छु, हामी चुनावमा जान तयार छौँ। तर बाहिर रहेका गोलीगठ्ठा नियन्त्रण गरिदिनुस्,’ उनले भने, ‘हामी जनताको भावना बोकेर अघि बढिरहेका छौँ, जेनजी र युवाको आवाजलाई पार्टीले उठाउँदै लैजान्छ।’

रावलले सुदूरपश्चिम प्रदेशलाई आगामी निर्वाचनमा निर्णायक क्षेत्रका रूपमा प्रस्तुत गर्दै नेपाली कम्युनिस्ट पार्टी यही प्रदेशबाट पहिलो शक्ति बन्ने दाबी समेत गरे।

‘सुदूरपश्चिमले नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर दल बनाउने संकेत यसै सभाले दिएको छ,’ उनले भने, ‘चुनावमा हामी सबै जाति, भाषा, धर्म, क्षेत्रका जनता एकजुट भएर अघि बढ्नेछौँ।’

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ३ : ५९ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

सीमाविद् श्रेष्ठलाई भीमसेन थापा पुरस्कार

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका