१८ श्रावण २०८३, सोमबार | August 3, 2026

हत्या आरोपमा बाबुछोरा पक्राउ



जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड-९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

छेडागाड-११ भैँसीखर्कस्थित फुम्न-राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड-१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको शव गत आइतबार फेला परेको थियो ।

अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए ।

उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणको वयानमा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : ०८ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क