७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रदेश सरकार विरुद्धको अविश्वासको प्रस्तावको पक्षमा नै छु : सांसद खेम विक्रम शाही



पोखरा । गण्डकी प्रदेशसभामा प्रदेश सरकारको विपक्षमा परेको अविश्वासको प्रस्तावको एजेण्डामा मतदान गर्ने बेलामा बेपत्ता भएका राष्ट्रिय जनमोर्चाकातर्फबाट गण्डकी प्रदेश सभा सदस्य खिमविक्रम शाहीले आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको बताएका छन्।

अस्पतालको आईसीयूबाटै बिहीबार वक्तव्य जारी गर्दै आफू पार्टी निर्णयप्रति प्रतिवद्ध रहेको बताएका हुन्। संसद बैठकका दिन आफू एक्कासी बेहोस भएकोले बैठकमा आउन नसकेको उनको वक्तव्यमा बताएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा छलफल तथा मतदानको कार्यसुची भएको समयमा उनी पार्टी र संसदलाई समेत जानकारी नदिई अनुपस्थित भएका थिए।

‘पार्टी निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा मेरो पनि सहभागिता रहेका कारण ति निर्णयहरुप्रति मेरो पनि सहमति रहेकाले त्यस विषयमा पार्टी निर्णयप्रति प्रतिवद्धता कायमै छ ।’ शाहीले वक्तव्यमा भनेका छन् । ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक विरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पतालमा लैजाने क्रममा म बेहोस भएछु। म अहिले उपचाररत छु। हाल मेरो स्वास्थ्यमा क्रमित सुधार आएको महशुस गरेको छु।’

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादीले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

संसद मतदानको प्रक्रियामा जानुअघि सांसद शाही बेपत्ता भएपछि जनमोर्चाकै संसदीय दलको आग्रहमा प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ । शाही प्रदेश सभा बैठकमा अनुपस्थित भएपछि राजमोकी सचेतक पियारी थापाले उनको अवस्था सार्वजनिक नभएसम्म सदनको कारवाही रोक्न माग गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गरेकी थिइन्।

उक्त प्रस्तावमा राजमोको केन्द्रबाटै समर्थन भएको धारणा आईसकेको छ। ३ जना सांसद रहेको राजमो अविश्वास प्रस्तावको निर्णायक हो।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ३ : ४८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई