८ बैशाख २०८३, मंगलबार | April 21, 2026

उपनिर्वाचनका लागि पाँच दल दर्ता



काठमाडौं । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् ।

बाग्मती प्रदेशतर्फको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी दर्ता भएका हुन् ।

आयोगले उपनिर्वाचनका लागि बिहीबार राजनीतिक दल दर्ता टुंग्याएको हो भने दर्ता भएका दलहरूलाई निर्वाचन चिह्न दिँदै मतपत्रमा उनीहरूको क्रम संख्यासमेत निर्धारण गरिदिएको हो । यी विषयसहित आयोगले उपनिर्वाचनमा मतदान गर्ने मतदाताहरूको नामावलीसमेत टुंग्याएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

जसअनुसार उपनिर्वाचन प्रयोजनका लागि एमालेले सूर्य चिह्न पाएको छ भने मतपत्रमा एमालेको क्रम संख्या एक निर्धारण भएको छ । यसैगरी, कांग्रेसले चिह्न रूख पाएको छ भने क्रम संख्या दुई निर्धारण भएको छ ।

यस्तै, माओवादी केन्द्रले गोलाकारभित्रको हँसिया हथौडा चिह्न पाएको छ भने क्रम संख्या तीन निर्धारण भएको छ । यसैगरी राप्रपाले चिह्न हलो पाएर मतपत्रको क्रम संख्या चार पाएको छ भने नेमकिपालाई मादल चिह्न पाएर मतपत्रको क्रम संख्या पाँच निर्धारण गरिएको छ ।

त्यस्तै, आयोगले निर्वाचनका लागि टुंगाएको कुल मतदाताको संख्याअनुसार प्रदेशसभा सदस्य १ सय १० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २ सय ३८ जना गरी जम्मा ३ सय ४८ जना मतदाता रहने जनाएको छ ।

आयोगले स्वीकृत मतदाता नामावली २१ वैशाखमा निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा प्रकाशन गर्ने जनाएको छ । आयोगका अनुसार बाग्मती प्रदेशको राजधानी हेटौंडामा ६ जेठमा बिहान ११ बजेबाट ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा ३५ दिनभित्र सरकारले तोकेको मितिमा बाँकी अवधिका लागि उपनिर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।

बाग्मती प्रदेशबाट निर्वाचित राष्ट्रिय सभा सदस्य थापालाई माओवादी केन्द्रले कारबाही गरेपछि उनको पद रिक्त भएको थियो । थापा हाल नेकपा एमालेको बाग्मती प्रदेश इन्चार्जको भूमिकामा छन् ।

आयोगले नेपालको संविधानको धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा दल दर्ताका लागि निवेदन माग गरेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ७ : ४५ बजे

सन्दीपको घातक बलिङ र भुर्तेलको अर्धशतक, नेपालको शानदार जीत

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईविरुद्ध शानदार

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने