२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह



काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष विदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय भएको छ ।

निर्वाचन आयोगको आजको बैठकले स्थानीय तहमा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपनिर्वाचनसम्बन्धित स्थानीय तहका सम्बन्धित वडामा नाम समावेश भएका सरकारी पदाधिकारी तथा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन लेखी पठाउने निर्णय गरेको हो । स्थानीय तहको रिक्त प्रमुख वा उपप्रमुख वा अध्यक्ष वा उपाध्यक्ष वा वडा अध्यक्ष पदको लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

यसैगरी आयोगको मतदान हुने दिन उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयमा सार्वजनिक विदा दिने व्यवस्था मिलाउन सबै निकायलाई आह्वान गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए।

 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ८ : ०१ बजे

वर्षमानको चेतावनी – ‘डर, त्रास र धम्कीबाट लामो समय शासनमा टिक्छु भन्ने भ्रम नपाल्नुस्’

काठमाडौं । नेकपा सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारलाई

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल