१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

नारायणी अस्पताल वीरगञ्जमा थप तीन जना संक्रमितको मृत्यु



पर्सा । पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा तीन जना कोरोना संक्रमित मृत्यु भएको छ ।

उनिहरुको गएराति मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगंज महानगरपालिका-३ की ४७ वर्षीया महिला, वडा नम्बर १६ नगवाकी ४८ वर्षीया महिला र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोसन दासले जानकारी दिए ।

वीरगंज महानगरपालिका वडा नम्बर ३ की महिलालाई १४ गते अस्पताल भर्ना गरिएको थियो। वडा नम्बर १६ नगवाकी महिला १२ गतेदेखि नै भार्ना भएर उपचाररत थिइन ।

त्यस्तै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २४ का ७७ वर्षीय पुरुष १० गते अस्पताल भर्ना भएका थिए । यो पछिल्लो मृत्युसंगै गएको ५ दिनमा वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत १५ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

पर्सामा सोमबार तीन जना, मंगलबार ४ जना, बुधबार ४ जना, बिहीबार १ जना र गएराति ३ जना गरी १५ जना कोराना संक्रमितले ज्यान गुमाएका हुन। मृत्यु हुनेहरू सबै गम्भीर किसिमको निमोनियबाट ग्रसित रहेको नारायणी अस्पतालले जनाएको छ ।

यो सहित पर्सामा १९ जनाको मृत्यु भइसकेको छ भने, बारामा ५ जना, सर्लाहीमा २ जना, रौतहटमा एक जनाको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : १९ बजे

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक