२४ बैशाख २०८१, सोमबार | May 7, 2024

नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन गर्ने



काठमाडौं । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेशन (प्राप्ती) गर्ने भएको छ । शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ती गर्ने विषयमा सम्झौता भएको हो ।

बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिष कुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नबिलले युनाइटेडलाई रु ३५ स्वाप रेसियोमा प्राप्ती गर्न लागेको जनाएको छ ।

प्राप्तीपछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात प्राप्तीका लागि नेपाल राष्ट्र बैंकमा स्विकृतिका लागि प्रकृया अगाडि बढँइने छ र समयमै स्विकृती पाएमा यथासिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्नेछ ।

सोही अनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धी भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौं उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धी भइ ३७ हुनेछ । ATM संख्या भने १९० हुनेछ । निक्षेपको आकार रु २१६ अर्ब हुनेछ भने कर्जाको आकार रु २०१ अर्ब हुनेछ (चैत्र मसान्तको बित्तिय विवरण अनुसार) । यसले गर्दा नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको अकार २ खर्ब माथि हुनेछ ।

नबिल बैंकले मर्जर तथा प्राप्ती प्रकृयामा जान पहिलो पटक यस बर्षको साधारण सभाबाट पारीत गरेको थियो र सोही बर्ष नै प्राप्ती सम्झौताको घोषणा पनि गरेको छ । यो प्राप्तीसँगै नबिल बैंकले बजारमा आङ्खनो नविन सेवा र थप शाखा सञ्जाल मार्फत नयाँ रणनीति अनुसार बजारमा उपस्थित हुने छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ४ : ५५ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,