१ पुस २०८२, मंगलबार | December 16, 2025

निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग



दमौली । तनहुँको देवघाट गाउँपालिका-५ र चितवनको भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने त्रिशुली नदीमाथि निर्माणाधीन पुल भत्किएको विषयमा छानबिन गर्न माग गरिएको छ ।

जिल्ला समन्वय समिति तनहुँ र चितवनको संयुक्त पहलमा बसेको बैठकले पुल भत्किएको घटनाको छानबिनका लागि सम्बन्धित मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले भत्किएको पुलको भग्नावशेष आगामी जेठ १५ गतेभन्दा अगावै नदीबाट हटाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।

चितवनका सङ्घीय सांसद, वागमती प्रदेशका सांसद, तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित सहभागी बैठकले पुल सम्पन्न नहुँदासम्म तनहुँ र चितवन जिल्ला समन्वय समितिको नेतृत्वमा संयुक्त अनुगमन समिति गठन गर्ने निर्णयसमेत गरेको प्रवक्ता गुरुङले जानकारी दिए । “दुई/दुई पटक पुल क्षतिग्रस्त हुनुको मुख्य कारण के हो र कसको लापरवाही हो भन्ने विषयमा छलफल पश्चात् छानबिनका लागि मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ”, उनले भने ।

गण्डकी प्रदेशकै महत्वपूर्ण धार्मिक स्थल देवघाटधाम हुँदै मुक्तिनाथ करिडोरलाई जोड्ने गरी देवघाट क्षेत्र विकास समितिको गुरुयोजनामा समावेश भई रु २१ करोड लागत रहेको पुल यही वैशाख १२ गते दोस्रो पटक भत्किएको थियो । यसअघि गत चैत २४ गते सो पुलको केही भाग भत्किएको थियो । वैशाख १२ गते पुल भाचिँदा नदीमा खसेर दुई जनाको मृत्यु भएको थियो ।

बैठकमा तनहुँबाट जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेल, समन्वय समितिका सदस्य एवं प्रवक्ता गुरुङको सहभागिता थियो । रासस

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ६ : ०८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा