१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

आइपिएल २०२१ : पञ्जाब किङ्स पाँचौँ स्थानमा उक्लियो



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा पञ्जाब किङ्स विजयी भएको छ । बैंगलोरको प्रतियोगितामा याे दोस्रो हार हो ।

शुक्रबार सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैंगलोरमाथि ३४ रनले विजयी हुँदै पञ्जाब पाँचौँ स्थानमा उक्लिएको छ । १ सय ८० रनको विजयी लक्ष्य पाएको बैंगलोरले पूरै ओभर खेल्दै १ सय ४५ रन मात्र बनाउन सक्यो ।

नियमित अन्तरालमा विकेट गुमाएको बैंगलोरका लागि कप्तान विराट कोहलीले ३५, रजत पाटीदार र हर्शल पटेलले समान ३१-३१ तथा काइल जेमिसनले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले उख्लेखनीय मात्रामा रन बनाउन सकेन ।

उत्कृष्ट फर्ममा रहेका ग्लेन म्याक्सवेल हरप्रीत ब्रायरको पहिलो बलमै शून्य रनमा बोल्ड आउट भए । यस्तै एबी डी भिलियर्स ३ रनको स्थितिमा ब्रायरको बलमै आउट भए ।

पञ्जाबका हरप्रीत ब्रायरले ३, रवि बिस्नोइले २ विकेट हात परे । अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो ।

पञ्जाबका लागि कप्तान लोकेश राहुलले ९१ रनको योगदान दिए । १९ रनको स्थितिमा पहिलो विकेटको रुपमा प्रभसिम्रन सिंहलाई ७ रनको व्यक्तिगत स्कोरमा गुमाएको पञ्जाबका लागि राहुल र क्रिस गेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गर्दै ९९ रनमा पुर्याए । गेल ४५ रनमा आउट भए भने राहुल ५७ बलमा ५ छक्का र ७ चौकासहित ९१ रनमा अविजित रहे ।

यस्तै, हरप्रीत ब्रायरले नटआउट २५ रनको पारी खेल्दा दीपक हुडा ५ तथा शाहरुख खान र निकोलास पूरन शून्य रनमा आउट भए । बैंगलोरका काइल जेमिसनले २ लिए भने शाहबाज अहमद, दानियल साम्स र युजवेन्द्र चाहलको नाममा एक-एक विकेट रह्यो । बैंगलोर माथिको जितसँगै पञ्जाब अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । पञ्जाबको ७ खेलबाट ६ अंक छ । पराजित बैंगलोर भने तेस्रो स्थानमा यथावत् रहेको छ ।

अंक तालिकामा चेन्नइ शीर्ष स्थानमा छ भने दिल्ली दोस्रो स्थानमा छ । यस्तै, मुम्बइ, पञ्जाब, कोलकाता, राजस्थान र हैदरावाद क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ स्थानमा छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ६ : ३६ बजे

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय

भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको शुभकामना आदान प्रदान

बुटवल । भुतुङ्ग-छापचौर तराई सम्पर्क समाजको आयोजनामा शुभकामना आदान प्रदान

जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार