१२ माघ २०८२, सोमबार | January 26, 2026

अफगानिस्तानमा कार बम विस्फोट : विद्यार्थीसहित ३० जनाको मृत्यु, ९० जना घाइते



एजेन्सी । अफगानिस्तानमा कार बम विस्फोट हुँदा विद्यार्थीसहित ३० जनाको मृत्यु भएको छ ।

लोगर प्रान्तको राजधानी पुल ए आलमस्थित एक गेस्टहाउस नजिक शुक्रबार राति बम बिस्फोट हुँदा उनीहरुको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

बिस्फोटमा ९० जना घाइते भएका छन् । प्रत्यक्षदर्शीहरुका अनुसार बिस्फोटले भवनको छाना खस्दा घाइतेहरु भवन भित्र फँसेका थिए ।

इस्लामिक पवित्र महिना रमादान चलिरहेको बेला भएको यो विस्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ सम्ममा आफ्ना सैनिक फिर्ता बोलाउने घोषणा गरेसँगै अफगानिस्तानमा हिंसाका घटनाहरु बढेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ७ : १७ बजे

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको

म मधेस बुझ्न आएको हुँ : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै

काठमाडौं । निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीका बारेमा