१ पुस २०८२, मंगलबार | December 16, 2025

कालीपुलमा होल्डिङ सेन्टर सञ्चालन



म्याग्दी । म्याग्दी भित्रिने प्रमुख नाका कालीपुल बसपार्कमा शुक्रबारदेखि होल्डिङ सेन्टर सञ्चालन भएको छ ।

फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथामका लागि विदेश र बाहिरी जिल्लाबाट आउने जाने व्यक्तिहरूका लागि होल्डिङ सेन्टर सञ्चालन गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्लाका सबै स्थानीय तहसँग सहकार्य गरेर कालिपुलको पर्यटक सूचना केन्द्रको भवनमा होल्डिङ सेन्टर तथा नागरिक सहायता कक्ष सञ्चालन गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

होल्डिङ सेन्टरमा बाहिरी जिल्ला र विदेशबाट म्याग्दी आउने नागरिकहरुको बिस्तृत विववरणसहितको अभिलेख राख्ने र सम्बन्धित वडाका जनप्रतिनिधीसँग समन्वय गरेर घर पठाउने व्यवस्था मिलाइने छ ।

कोरोना फैलिएका जिल्ला र शहरबाट आउनेहरू सिधै गाउँमा पुगेर क्वारेन्टिनमा नबसी अन्य नागरिकको सम्पर्कमा जाँदा कोरोना फैलने खतरा देखिएपछि कोभिड-१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले होल्डिङ सेन्टर ब्युँताउँने निर्णय गरेको थियो ।

यसअघि गत असोजसम्म बेनीमा होल्डिङ सेन्टर सञ्चालन भएको थियो । होल्डिङ सेन्टरमा म्याग्दीका छ वटै स्थानीय तहका एकएक जना कर्मचारी खटिएका छन् । कालीपुलको चेकपोष्टबाट भित्र्ने सवारी साधनका यात्रुलाई सिधै होल्डिङ सेन्टरमा ल्याएर झारिनेछ ।

चेक पोष्टदेखि होल्डिङ सेन्टरसम्म सवारी साधन र यात्रुलाई ल्याउन सुरक्षाकर्मीले निगरानी गर्ने भएका छन् । शुक्रबार म्याग्दीमा थप ६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । बिहिबारसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४८ जना थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : ३३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज