१ पुस २०८२, मंगलबार | December 16, 2025

बुटवलको कोरोना विशेष अस्पतालमा एकाबिहानै २ जना संक्रमितको मृत्यु



बुटवल । कोरोना बिशेष अस्पताल बुटवलमा एकाबिहानै २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको उपचारकै क्रममा बिहान मृत्यु भएको हो ।

नवलपरासी रामग्रामकी ४५ वर्षिया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही सुछोधन ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार रामग्राम १० की महिला कोरोना पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिईन् भने सुद्धोधनका पुरुषको गत १३ गते कोरोना संक्रमण पुष्टि भएपनि १६ गते अस्पताल भर्ना भएका थिए ।

आज थपिएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२ पुगेको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ८ : ४२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज