१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोना शिकार कञ्चनपुरका दुई शिक्षक, अक्सिजन सहितको एम्बुलेन्स नपाउँदा शिक्षकको मृत्यु



कञ्चनपुर । कोरोना महामारी तिव्र रुपमा अघि बढिरहेका बेला अक्सिजन सहितको एम्बुलेन्स नपाएर कञ्चानपुरका २ शिक्षकाको मृत्यु भएको छ । कोरोना संक्रमितले कञ्चनपुरको महाकाली र कैलालीको सेती अस्पताल भरिभराउ भएपछि अक्सिजन बिनाको एम्बुलेन्समा अन्यत्र लैजाने क्रममा ती शिक्षकको मृत्यु भएको हो ।

माहाकाली र कैलालीका सबै कोरोना अस्पतालहरु भरिभराउ भएपछि थप संक्रतिकले उपचार गर्ने स्थान नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आएको छ । दुवै अस्पतालमा आईसियू बेड सहित एचडियू, आईसोलेशन भरिभराउ भएका छन ।

कञ्चनपुरका शनिबार एकै दिन दुई शिक्षक सहित तीन जनाको मृत्यु भएको छ । मृत्क मध्य एक शिक्षिका हुन् ।

लक्ष्मी माविका प्रअ दुई दिन अघि मात्रै अस्पतालमा बिरामी भएपछि उपचारका लागि आएका थिए । समान्य रुघाखोकी लागेर श्वाँस प्रश्वासमा समस्या भएपछि उनी उपचारका लागि बिहीबार महाकाली अस्पताल गएको मृतक शिक्षकका सहकर्मी डम्बरराज जोशीले बताए । जोशीका अनुसार ती शिक्षकलाई अस्पतालमा कोरोना पोजेटिभ देखिनुका साथै अस्पताल भर्ना गर्नुपर्ने भएकोमा अस्पतालमा आईसियू बेड भरिभराउ भएका कारण भर्ना पाएनन् । थप उपचारका लागि डडेल्धुरा उप क्षेत्रीय अस्पताल लैजान महेन्द्रनगर त्यस आसपासका २ दर्जन एम्बुलेन्सलाई फोन गर्दा पनि एम्बुलेन्स नपाएको शिक्षक जोशीले बताए । ‘अन्तमा दिउँसो एम्बुलेन्स त पाईयो तर अक्सिजन थिएन, त्यहि एम्बुलेन्समा लगेर जानेक्रममा विचबाटैमा अक्सिजन नपाएर उनको मृत्यु भयो, हामी शिक्षकमाथि राज्यको यत्रो अन्याय ग¥यो ।’ जोशिले भने ।

कञ्चनपुरका शिक्षकलाई कोरोना खोप समेत नलगाएको र सयौँको भिडमा पढाउनुपर्ने बाध्यता रहेको बताउदै उनले शिक्षकले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको बताए ।

तीन दिन अघि बिरामी भएकी भुकुटी माविकी शिक्षिकका पनि अक्जिसन र उचित उपचार अभावमा मृत्यु भएको छ । उनका आफन्त शिक्षक सहकर्मीले सरकारको लार्पबाहीका कारण कोरोनाको शिकार शिक्षक पनि भईरहेको बताएका छन ।

लगातार दुई दिनमा एक महिला सहित ८ जनाको मुत्यु भएको महाकाली अस्पतालले जनाएको छ । कञ्चनपुरका कोरोना रोकथामका लागि प्रभावकारी पहल नहुँदा नागरिकले अकालमै ज्यान गुमाईरहेको अस्पताल पुगेका संक्रमितका आफन्तको गुनासो छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : ५९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान