१४ चैत्र २०८२, शनिबार | March 28, 2026

लुम्बिनी प्रदेशमा पाल्पामा ९९.२७ प्रतिशतले कोरोना भाइरस विरुद्धको खोपको दोस्रो मात्रा लगाए



बुटवल । कोरोना माहामारीको दोस्रो लहरले मुलुक आक्रान्त भएपनि कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड लगाएका अहिले सम्म कसैको कोरोना संक्रमणको कारण मृत्य नभएको खबरले खोपको प्रभावकारीता प्रमाणित हुंदै गएको छ । खोपको दुईमात्रा लगाएका एक जनालाई मात्र कोरोना संक्रमण देखिएपनि अन्य खोप लगाएका कोहि कोरेना संक्रमण भएर सिकिस्त भएको खबर प्राप्त भएको छैन ।

खोपका बिषयमा बिभिन्न भ्रमपूर्ण टिप्पणीहरु भएपनि लुम्बिनी प्रदेशमा सबै जिल्लामा ८० प्रतिशत बढीले खोपको दोस्रो मात्रा लगाएको पाईएको छ । प्रदेशका १२ जिल्लाहरुमा सबै भन्दा बढी पाल्पा जिल्लामा दास्रो मात्राको खोप लगाउने काम भएको छ । खबरकुरालाई प्राप्त तथ्यांक अनुसार पाल्पामा ९९.२७ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएको पाईएको छ । पहिलो चरणको खोप अभियानमा ५३६२ जनालाई खोप दिईएकोमा दोस्रो मात्रा खोप लगाउन ५३२३ जना खोप केन्द्रहरुमा आएका थिए । त्यसैगरि गुल्मीले दोस्रो मात्रा खोप लगाउनेमा दोस्रो स्थान हासिल गरेको छ । गुल्मीमा ९६.१० प्रतिशतलाई खोपको दोस्रो मात्रा दिईएको छ । गुल्मीमा ४१७५जनाले पहिलो मात्रा खोप लगाएका थिए भने ४०१२ जनालाई खोपको दोस्रो मात्रा दिईएको छ ।

प्रदेशको पश्चिम सिमाना बर्दियाले दोस्रो मात्राको खोप लगाउने कार्यमा तेस्रो स्थान आसिल गरेको छ । बर्दियामा ६७०७ लाई ले पहिलो मात्रा खोप दिईएकोमा ६२२१ ले दोस्रोमात्राको खोप लगाएका छन् । नवलपरासी पश्चिमले ९०.९५ प्रतिशत, कपिलवस्तुले ९०.२० प्रतिशत, अर्घाखाँची ८९.३८ प्रतिशत, प्युठानले ८८.४० प्रतिशत र रोल्पाले ८७.०१ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन् ।

त्यसैगरि बाँकेले ८६.७४ प्रतिशत, रुपन्देहीले ८४.९८ प्रतिशत, दाङले ७३.९३ प्रतिशत र रुकुम पश्चिमले ६४.२४ प्रतिशतले मात्र दोस्रो मात्राको खोप लगाएका छन् । प्रदेशमा ८७.६७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय बर्दियाका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

संख्याका आधारमा सबैभन्दा बढी रुपन्देहीमा १४ हजार २ सय ९७ जनाले पहिलो मात्राको खोप लगाएका थिए भने सबै भन्दा कम रुकुम पश्चिममा ७८३ जनाले पहिलो मात्राको खोप लगाएका थिए ।

निश्चित वर्ग र समूहलाई प्राथमिकताको मापदण्ड तोकरे सरकारले खोप अभियान चलाएपनि बिभिन्न भ्रमहरुका कारण तोकिएका समूहका सबैले खोप लगाउन खोप केन्द्र सम्म नपुगेको तथ्यांक यस अघि नै सार्वजानिक भएको थियो । दोस्रो चरणमा नयाँ प्रकृतिको भाइरस सहित फैलिको माहामारीका बीच खोप लगाएका मध्य नगन्य मात्रालाई कारोना संक्रमण भएको तर कोहि सिकिस्त नभएका कारण खोपको प्रभावकारीता सकारात्मक देखिएको श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  १० : ०५ बजे

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको