१२ माघ २०८२, सोमबार | January 26, 2026

आइपिएल २०२१ : पोलार्डको उत्कृष्ट प्रदर्शनसँगै मुम्बईको जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगिता अन्तर्गत गएराती सम्पन्न खेलमा मुम्बईले जित हात पारेको छ ।

शनिबार राति दिल्लीमा सम्पन्न खेलमा अलराउन्ड केइरन पोलार्डको उत्कृष्ट अलराउन्डर प्रदर्शनपछि मुम्बई इन्डियन्ससँग चेन्नई सुपर किंग्स ४ विकेटले पराजित भएको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएकको चेन्नईले दिएको २१९ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१८ रन बनाएको थियो । उसका लागि अम्बाती रायाडुले सर्वाधिक ७२ रन बनाए । उनले २७ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ७२ रन बनाएका थिए ।

यस्तै, चेन्नईका लागि फाफ डु प्लेसिस र मोइन अलीले पनि अर्धशतकीय पारी खेले । अलीले ३६ बलमा ५८ रन बनाउँदा डु प्लेसिसले २८ बलमा ५० रन बनाए । मुम्बईका पोलार्डले २ ओभरमा १२ रन मात्र खर्चेर २ विकेट लिए भने ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले समान एक विकेट लिए ।

मुम्बईको जितमा पोलार्डले विस्फोटक इनिङ खेले । उनले ३४ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै अविजित ८७ रन बनाए ।
मुम्बईका क्वेन्टन डि ककले ३८ र कप्तान रोहित शर्माले ३५ रन बनाए ।

त्यस्तै, क्रुनाल पाण्ड्याले ३२ रन बनाए । चेन्नईका साम कुरानले ३ विकेट तथा मोइन अली र रवीन्द्र जडेजाले समान एकरएक विकेट लिए । जितसँगै मुम्बई ७ खेलमा ८ अंक जोड्दै चौथो स्थानमा छ । ७ खेलमा १० अंक जोडेको चेन्नई पारजयपछि पनि शीर्ष स्थानमा यथावत् छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ६ : ४७ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको