४ पुस २०८२, शुक्रबार | December 19, 2025

विमला वलीले भनिन : मेरै बुुद्धि र विवेकले माओवादी केन्द्र रोजेकी हुँ (भिडियो सहित)



बुटवल । लुम्बिनी प्रदेशसभाका सांसद विमला वलीले आफु नेकपा माओवादी केन्द्रमा रहेको स्पष्ट पारेकी छिन् ।

सांसद वलीले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै आफु आज नभै यसअघि नै माओवादी केन्द्रमा प्रवेश गरेको स्पष्ट पारेकी हुन् । वलीले बैशाख ९ गते अध्यक्ष प्रचण्डसँग भेट गरेपछि औपचारिक रुपमा पार्टीमा खुलेर लाग्ने योजना भएको पनि बताइन । उनले आफ्नै बुद्धि र विवेकले माओवादी केन्द्र रोजेको बताइन् ।

पत्रकार सम्मेलनमा उनले भनिन, ‘गत उपनिर्वाचनमा म एमाले वा माओवादी केन्द्र भएर चुनाव लडेको होइन । मलाई केही थाहा थिएन । गृहिणी मात्रै थिएँ । तर, पार्टीका साथीहरुले चुनाव लड्न भनेपछि म लडेकी हुँ । मलाई माओवादी केन्द्रको तर्फबाट त्यतिबेला साथीहरुले धेरै सहयोग गर्नुभएको हो ।’ उनले दामा शर्मा र अपारले धेरै सहयोग गरेको पनि बताइन ।

सांसद वलीले आफु कसैको दबाबमा नपरिकन माओवादी केन्द्रको सदस्य बनेको र अब माओवादी केन्द्रको सांसद बन्ने स्पष्ट पारिन ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ३ : ०७ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज