२२ भदौ २०८३, सोमबार | September 7, 2026

कोरोना अस्पतालमा अक्सिजन नपाएर बिरामी छट्पटाउँदै, डाक्टर चिन्तित



दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन् । यहाँ २ दिनदेखि अक्सिजन अभाव थियो । आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतवार बिहानदेखि स्टक पनि सकिएको छ ।

बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन् । अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतवार बिहानदेखि १ सिलिन्डर पनि अक्सिजन नरहेको बताए ।

‘हिजैदेखि प्रदेश सरकार, जिल्लाका निकायलाई हारगुहार गर्दै आएका छौं । अहिलेसम्म कसैले सुनेका छैनन्’, ओलीले भने, ‘अहिले बिरामीहरू अक्सिजन अभावमा बेडमा छट्पटाइरहेका छन् । हामीसँग अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन । यही अवस्था रहेमा बिरामीको उपचार सम्भावना छैन,’ उनले भने ।

अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको उनको भनाइ छ । चर्को दबाबका कारण यो अस्पताल १०० बेडको चलाउने निर्णय शनिवार मात्रै गरिएको थियो । ४२ बेडमा सञ्चालन हुँदै आएकोमा ५८ बेडमा विस्तार गरिएको छ ।

अस्पताललाई सय बेडमा सञ्चालन गर्न दैनिक करीब ४०० सिलिन्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक उनले बताए । अस्पतालका बिरामीको रक्षा भगवान् भरोसा मात्रै छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : १६ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा