८ चैत्र २०८२, आइतबार | March 22, 2026

हत्या अभियोगका फरार आरोपी पक्राउ



तनहुँ । तनहुँमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका १ आरोपी २ महिनापछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा व्यास नगरपालिका-७ पाथ्रा बस्ने ३१ वर्षीय घैंटे भन्ने रोशन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गुरुङलाई आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

पक्राउ परेका गुरुङविरुद्ध आइतवार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

विक्रम संवत् २०७७ फागुन २० गते व्यास-७ पाथ्रामा सोही ठाउँ बस्ने २२ वर्षीय किशोरकुमार श्रेष्ठलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोग गुरुङविरुद्ध छ ।

सामान्य रूपमा भएको विवादको घटनामा रिसिइवी साँधेर ज्यान मार्ने उद्देश्यले धारिलो हतियार प्रहार गर्दा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका व्यक्तिहरूको खोजीकार्य तीव्र पारेको जनाएको छ । रासस

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ७ : ४१ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय