८ बैशाख २०८१, शनिबार | April 20, 2024

चार दलको चेतावनी : अल्पमतको मुख्यमन्त्री स्वीकार्य छैन, संसदमा आउने हिम्मत त गरुन !



बुटवल । लुम्बिनी प्रदेश प्रमुखले अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराएको भन्दै चार दलले कानूनी र राजनीतिक लडाईं लड्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बुटवलमा आज पत्रकार सम्मेलन गरी शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ति गर्नु तानाशाहीको पराकाष्ठा भएको आरोप लगाएका छन् ।

उनीहरुले प्रदेशप्रमुख धर्मनाथ प्रसाद यादवले असंवैधानिक, अलोकतान्त्रिक तरिकाले अल्पमतको दलका नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ खुवाएको भन्दै यसविरुद्ध कानूनी र राजनीतिक लडाईं लड्ने बताएका छन् । ‘४२ सांसदको हस्ताक्षरसहित सरकारमा दावी पेश गर्दागर्दै ३७ जना मात्रै सांसदको समर्थन भएका शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री नियुक्त गरेर लोकतन्त्रको हत्या गरेका छन्’ कांग्रेस संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले भने ।

चार दलले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने चेतावनी दिएका छन् । ‘हिजोको घटना अराजनीतिक र निकृष्ट घटना हो, संविधान मिचेर गरिएको नियुक्तिले अराजकता बढायो,यो सामान्य विषय होइन’, कनौडियाले चेतावनी दिँदै भने, हामी यस्तो अराजनीतिक र अनैतिक सरकारलाई टिक्न दिँदैनौं । पोखरेल संसदबाट धेरै दिन भाग्न नसक्ने जिकिर गर्दै कनौडियाले नीति कार्यक्रम र बजेटलाई फेल गर्ने चेतावनी दिए ।

‘केन्द्रमा ओलीको तानाशाही, अधिनायकवादी नमूनाको सिको गर्दै लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाएको तमासा विरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं ।’ कनौडियाले भने ।

माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले अल्पमतको सरकारलाई टिक्न नदिने चेतावनी दिए । उनले केन्द्रको निर्देशनअनुसार विरोधका कार्यक्रम तय गरिने बताए ।

माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले प्रदेश प्रमुखले कानून विपरित काम गरेको आरोप लगाए । घर्तीले प्रदेश प्रमुखले एमालेको कार्यकर्ता बनेर हामीलाई जबर्जस्ती बाहिर निकालेर शंकर पोखरेललाई सपथ खुवाउन मुख्यमन्त्री कार्यालय पुगे ।

चार दलले धर्नामा बसेका आफ्ना सांसदहरुमाथि सुरक्षाकर्मी प्रयोग गरेर पूदेश प्रमुखले असभ्य व्यवहार देखाएको समेत आरोप लगाएका छन् । उनीहरुले डीआईजी रवीन्द्र धानुकले महिला सांसदहरुलाई जबरजस्ती लछारपछार गरेको भन्दै छानविनको समेत माग गरेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ११ : ०९ बजे

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको