१२ माघ २०८२, सोमबार | January 27, 2026

गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए सपथ



काठमाडौं । गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका सीता पौडेल र गंगाप्रसाद यादवले आजै पद तथा गोपनीयताको शपथ लिएका छन ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनीहरुले पद तथा गोपनियताको शपत लिएका हुन ।

आज मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै पौडेल र यादवलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले गण्डकी प्रदेशमा पौडेल र सुदूरपश्चिम प्रदेशमा यादव प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन । गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्तलाई हटाएर उनीहरुलाई नियुक्त गरिएको हो ।

गण्डकी र सुदूर पश्चिममा माओवादी निकट प्रदेश प्रमुखहरु रहेकोमा उनीहरुलाई हटाएर एमाले निकटलाई ल्याइएको हो । गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएकी पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन ।

उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन । यसैगरी यादव राप्रपा नेपालका तर्फबाट यसअघि उपसभामुख भएका थिए । पछिल्लो समय उनी नेकपा एमालेमा लागेका छन । ‍

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : ३७ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको