८ चैत्र २०८२, आइतबार | March 23, 2026

कोरोना कहर : दक्षिण एसियाकै ‘सेफजोन’ मा भुटान



काठमाडौं । कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ ।

भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ ।

अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सि लगाउन काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड-एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पुर्याइएको थियो ।

भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु भएको छ । भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो ।

हिमनदी र अग्ला पहाडले घेरिएको देशको कतिपय ठाउँ जान सडकसम्म छैन । भुटान सरकार प्रत्येक नागरिकप्रति उत्तरदायी छ । कोरोना संक्रमित भइहाले स्वास्थ्यमा उच्च सतर्कता र सावधानी अपनाइएको छ ।

तर, छिमेकी मुलुक भारतमा दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित भइरहेका छन् । दैनिक कोरोना संक्रमित हुने दरमा भारत पहिलो स्थानमा छ । जहाँ दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ । नेपालमा मात्रै सोमबार ७ हजार ३ सय ८८ संक्रमित थपिए । यो संख्या कोरोना महामारी फैलिएपछि हालसम्मको नयाँ रेकर्ड हो ।

त्यस्तै, सार्क मुलुक पाकिस्तानमा दैनिक ४ हजारको संख्यामा संक्रमित थपिएका छन् । जहाँ ८ लाख ३४ हजार १ सय ४६ संक्रमित भइसकेको छन् । कोरोनाबाट मात्रै १८ हजार १ सय ४९ जनाको मृत्यु भएको छ । अफगानिस्तानमा हालसम्म ६० हजार २ सय ८८ संक्रमित भएका छन् । जसमध्ये २ हजार ६ सय ४२ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो समय अफगानस्तिानमा कोरोना संक्रमित हुने दरमा भने केही कमी आएको पाइन्छ ।

त्यस्तै, माल्दिभ्सिमा ३० हजार ७ सय ४५ संक्रमित भएको रेकर्ड छ । जहाँ हालसम्म ७४ जनाको कोरोनाबाट निधन भएको छ । श्रीलंकामा हालसम्म १ लाख ११ हजार ७ सय ५३ संक्रमित भएका छन् । जहाँ ६ सय ९६ संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोना महामारीबाट बढी प्रभावित अर्को मुलुक बंगलादेश हो । बंगलादेशमा हालसम्म ७ लाख ६३ हजार ६ सय ८२ संक्रमित भएका छन् । सोमबार मात्रै १ हजार ७ सय ३९ संक्रमित थपिएका छन् । ६५ जना थप कोरोना संक्रमितको मृत्युसँगै बंगलादेशमा मृतक संख्या ११ हजार ६ सय ४४ पुगेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : ५७ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय