१२ माघ २०८२, सोमबार | January 27, 2026

माओवादी कोटामा नियुक्त गरिएलाई छानिछानी बर्खास्त, अष्ट्रेलियाका लागि नेपाली राजदूत फिर्ता बोलाइए



काठमाडौं । सरकारले पार्टी एकिकरण पछि बनेको नेकपा सरकार हुँदा माओवादी कोटामा नियुक्त भएका सबै पद र निकायका ब्यक्तिहरुलाई छानिछानी बर्खास्त गर्न थालेको छ ।

सोमबार दुईवटा प्रदेश प्रमुखलाई बर्खास्त गरेको सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारले जापानकी राजदुत राप्रपाकी नेतृ प्रतिभा राणाको म्याद थपेर माओवादी सिफारिसमा राजदुत बनेका दाहाललाई फिर्ता बोलाउने भएको हो ।

नेकपा सरकारका बेला दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोटामा राजदूत बनेका थिए। दाहालको अझै दुई वर्ष कार्यकाल बाँकी रहेको छ।

लक्की शेर्पालाई फिर्ता बोलाएपछि दाहाल राजदूतमा नियुक्त भएका थिए।

सरकारले सोमबार नै माओवादी कोटमा प्रदेश प्रमुख बनेका अमिक शेरचन र शर्मीला त्रिपाठीलाई पनि पदमुक्त गर्न सिफारिस गर्दै नयाँ प्रदेश प्रमुखमा २ जना एमाले कार्यकर्तालाई सिफारिस गरेको थियो ।

दाहाललाई फिर्ता बोलाउने निर्णय गरेपनि सरकारले ओमानका लागि नेपाली राजदूत शर्मीला ढकाल पराजुली र जापनका लागि राजदूत प्रतिभा राणालाई अर्को व्यवस्था नभएसम्म निरन्तरता दिने भएको छ।

परराष्ट्र स्रोतका अनुसार उनीहरुको कार्यकाल सकिएको भए पनि अर्को व्यवस्था नभएसम्म म्याद थपिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  १ : ११ बजे

मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने

काठमाडौं । मंगलबार र बुधबार देशका धेरै स्थानमा हिमपात तथा

प्रमुख निर्वाचन आयुक्त भण्डारीको टोलीद्वारा मतपत्र छपाइको अनुगमन

भक्तपुर । आगामी फागुन २१ गते हने प्रतिनिधिसभा निर्वाचनका लागि

भारतीय राजदूतावासमा मनाइयो भारतको ७७औँ गणतन्त्र दिवस

काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय र भारतका मित्रहरुको सहभागितामा

कुटपिट गर्दा श्रीमतीको मृत्यु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा

‘भ्रमपूर्ण विज्ञापनबाट उपभोक्ता ठगिने क्रम बढ्दो’

नेपालगन्ज । विज्ञापन बोर्डले विज्ञापनका विषयमा विद्यमान कानुन र त्यसको