१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बाराका थप दुई संक्रमितको उपचारको क्रममा मृत्यु



बारा । कोरोना संक्रमणका कारण बाराका थप दुई जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण बाराको फेटा गाउँपालिका-२ निवासी ३५ वर्षका युवक र जीतपुर सिमरा उपमहानगरपालिका-२१ अम्लेखगन्जका ५९ वर्षका पुरुषको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दुबै जनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । ३५ वर्षका युवकको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटेलको आइसोलेशनमा दिउँसो २ बजे मृत्यु भएको हो ।

यस्तै अमलेखगञ्जका ५९ वर्षका पुरुषको उपचारको क्रममा हेटौंडा अस्पतालमा गएराती १२ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ७ : ४४ बजे

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।

प्रतिनिधिसभा सदस्यहरुले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ

जापान जाने विद्यार्थीलाई लक्षित निःशुल्क सुशी तालिम

बुटवल । जापान जाने तयारीमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गर्दै

सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने

लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट

बुटवल । यहाँको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल सेवा तथा सुविधाका