४ पुस २०८२, शुक्रबार | December 19, 2025

सरकारलाई दिँदै आएको समर्थन फिर्ताको पत्र माओवादीले संसद सचिवालयमा बुझाउँदै



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई अहिलेसम्म दिँदै आएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा बुझाउँदैछ ।

माओवादी केन्द्रको मंगलबार बसेको स्थायी समिति बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, हिजो कार्यालय समय सकिइसकेका कारण आज सो पत्र संसद सचिवालयमा बुझाउन लागेको हो । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बिहान ११ बजे सचिवालयमा पत्र बुझाउने बताइएको छ ।

तत्कालिन नेकपा भएकै अवस्थामा गत पुष ५ गतेबाट नै ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको थियो । पछि सर्वोच्च अदालतले नेकपा खारेज भैसकेपछि फागनु २३ गते पछिको अवस्थामा ओलीको विकल्पमा नयाँ सरकारका लागि माओवादी केन्द्रले प्रयत्न गरेको थियो । यद्यपी, औपचारिक रुपमा सरकालाई दिँदै आएको समर्थन फिर्ता भने गरेको थिएन । तर, प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि मात्रै संसदको विशेष अधिवेशन बोलाएपछिको अवस्थामा भने माओवादीले समर्थन औपचारिक रुपमै फिर्ता लिने निर्णय गरेको हो ।

ओलीले यही वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि मात्रै राष्ट्रपति मार्फत संसदको अधिवेशन बोलाएका छन् । जबकी, प्रधानमन्त्रीले विश्वासको मत संसदको नियमित अधिवेशनमा जति सुकै बेला पनि लिन सक्छन् । विशेष अधिवेशन बोलाउने अधिकार संविधानतः कम्तिमा २५ प्रतिशत सांसदहरुलाई मात्रै हुन्छ । तर, संविधान र कानूनको आफुखुशी व्याख्या गर्दै आएका ओलीले राष्ट्रपतिलाई प्रयोग गरेर बजेट अधिवेशन नडाकी विशेष अधिवेशन डाकेका हुन् ।

ओलीले संसदमा आफुलाई विश्वासको मत प्राप्त नभए कुनै पनि बहानामा फेरि संसद विघटन गर्नसक्ने भय विपक्षी दलहरुलाई रहेको छ । नेपाली कांग्रेसले पनि ओलीले लिन लागेको विश्वासको मत असफल बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : ३५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको