२८ भदौ २०८३, आइतबार | September 13, 2026

काठमाडौबाट बागलुङ पुगेको बस भाडा ४ हजार असुल्ने बागलुङ भगवती यातायात प्रालीका कर्मचारी पक्राउ



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने एक जना यातायात कर्मचारीलाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ ।

महामारीका बेला गलत फाईदा उठाउँदै ९ सय भाडा दर कायम रहेको काठमाडौंबाट बागलुङ पुग्ने यात्रीसँग ४ हजार सम्म भाडा असल्ने एकजनालाई ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको हो ।

कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले छड्के अनुगमनका क्रममा गंगबु नयाबसपार्कबाट स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ्ग भगवती प्रा.लिको काउण्टरका कर्मचारी मिलन सारुलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

काठमाण्डौं देखि बाग्लुङ्गसम्म जाने नियमति भाडा नौ सय भएकोमा निजले तीन हजार देखि चार हजारसम्म लिएको पाइएपछि कर्मचारीलाई नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

पक्राउ परेका सारुले बैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बाग्लुङ्गसम्म जान बढि भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ । पक्राउ परेका मिलनलाई आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाईएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : १४ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),