५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

देशभर ६२ लाख ४९ हजार ७३२ सवारीसधान



काठमाडौं । देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख माथि रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष फागुन मसान्तसम्म कुल सवारीसाधनको सङ्ख्या ६२ लाख ४९ हजार ७३२ पुगेको छ ।

चालु आवको फागुन मसान्तसम्म मात्रै दुई लाख ८१ हजार ९२१ वटा दर्ता भएका थिए । दर्ता भएका सवारीसाधनमध्ये ५० लाख बढी मोटरसाइकल छन् ।

यसैगरी, फागुन मसान्तसम्म ४१ लाख १४ हजार १८१ वटा सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) जारी भएको छ । त्यसमध्ये चालु आवको आठ महिनासम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र जारी भएको थियो ।

चालु आवको प्रथम आठ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । तीमध्ये पाँच हजार १८६ थान जडान गरिएको छ ।

गत फागुन मसान्तसम्म कुल आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकामा ८८ हजार ३४० थान जडान भएका छन् । इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ अनुसार नम्बर प्लेट जडान भइरहेको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  २ : ०० बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही