११ श्रावण २०८३, सोमबार | July 27, 2026

कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।

‘समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ,’ दक्षिण एसियाली एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले भने -‘अर्थतन्त्रको उत्थानशिलता कायम गर्दै परिस्थितिलाई हरसम्भव वशमा राख्ने प्रयत्नका बावजुत निकट अवधिका आर्थिक परिदृश्य चुनौतीपुर्ण नै रहेका छन् ।’

आशातित रुपमा आर्थिक पुनरुत्थान प्रकृयाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड -१९ को दोस्रो लहरबाट निक्कै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भिर असर पुगेको बताए ।

कोभिड-१९को महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाईरहेको उल्लेख गर्दै पौडेलले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी एक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए ।

उनले खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताए ।

एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुको बैठक भएको हो । बैठक अर्थमन्त्री पौडेलको अध्यक्षतामा भएको थियो ।

अर्थमन्त्री पौडेलले कोभिड-१९ महामारीको सामना गर्न तथा आर्थिक प्रबर्द्धन लगायतमा विकासोन्मुख सदस्य देशहरुलाई वित्तीय तथा प्राविधिक सहयोग उपलव्ध गराएकोमा एसियाली विकास बैकलाई धन्यवाद दिए ।

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए।

यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकका मुद्रा तथा पूँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले पनि सम्बोधन गरेका थिए ।

सार्कका महासचिव इसाला रुवान वीराकुन र एसियाली विकास बैंकका आर्थिक अनुसन्धान तथा क्षेत्रीय सहयोग विभागका प्रमुख अर्थशास्त्री यासुकी सावदाले कोभिड-१९ बाट आर्थिक पुनरुत्थान स् समावेशी तथा उत्थाशिल आर्थिक वृद्धि विषयमा छुट्टा-छुट्टै प्रस्तुति गरेका थिए ।

अर्थमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले कोभिड-१९ को प्रभावलाई न्यूनीकरण एवं आर्थिक सामाजिक पुनरुत्थान गर्न एकआपसमा सहयोग हुनुपर्ने कुरामा जोड दिएका छन् ।

 

 

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  १० : ३७ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न