२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

कोरोना महामारीका बेला चरम शुल्क असुल्दै निजी अस्पताल



काठमाडौं । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्न थालेको मौका छोप्दै केही निजी अस्पतालले विभिन्न शीर्षकमा चरम शुल्क असुल्न थालेको पाइएको छ ।

बिरामीका आफन्तका अनुसार नर्मल बेडमा एकैदिन राखेको १५ हजारदेखि २० हजार रुपैयाँसम्म लिने गरेका छन् । संक्रमितका आफन्त भने चर्को शुल्क तिर्न बाध्य बनेका छन् । काठमाडौं मेडिकल कलेजले प्रतिदिन १० हजारदेखि ३० हजारसम्म लिने गरेको छ ।

कलेजद्वारा जारी सूचनामा ‘कोभिड क्याबिन सिंगल बेडको प्रतिदिन २० हजार, कोभिड क्याबिन डबल बेडको प्रतिदिन १० हजार, कोभिड क्याबिन डिलक्स प्रतिदिन २५ हजार र कोभिड क्याबिन सुपर डिलक्सको प्रतिदिन ३० हजार रुपैयाँ दररेट निर्धारण गरिएको’ उल्लेख छ । यो सरकारले निर्धारण गरेको शुल्कभन्दा अत्यधिक हो ।

ह्याम्स अस्पतालले ७ हजारदेखि ५० हजारसम्म लिएको पाइएको छ । अस्पतालद्वारा जारी कोभिड-१९ उपचारसम्बन्धी मञ्जुरीनामा अनुसार जनरल बेडको ७ हजार, आईसीयू बेडको २२ हजार, चार्ज आइसोलेसन/सुइट रुमको ५० हजार रुपैयाँ शुल्क पर्छ ।

अन्य केही निजी अस्पतालले समेत सरकारले तोकेभन्दा दोब्बर शुल्क लिन थालेका छन् । सरकारी मापदण्ड अनुसार निजी अस्पतालले आइसोलेसन शुल्क दैनिक ३ हजार ५००, मध्यम जटिल केसका लागि दैनिक ७ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने प्रावधान छ ।

गम्भीर बिरामीको आईसीयूमा भेन्टिलेटर सहितको उपचारका लागि दैनिक १५ हजारको ५० प्रतिशत जोडेर लिनसक्ने व्यवस्था छ । तर केही निजी अस्पतालले यो नियम बेवास्ता गर्दै अत्यधिक शुल्क लिइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निजी अस्पतालले सरकारले तोकेको शय्या शुल्कभन्दा ५० प्रतिशत जोडेरमात्रै लिन मिल्ने प्रस्ट पारेका छन् । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित उपचारका लागि भन्दै तोकिएभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गर्ने भएको छ ।

मन्त्रालय सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अत्यधिक शुल्क लिएको पाइए कडा कारबाही गरिने छ । उनले कुनै पनि अस्पतालले तोकिएभन्दा बढी शुल्क लिएको पाइए स्थानीय प्रशासन वा स्वास्थ्य मन्त्रालयमा खबर गर्न आग्रह समेत गरेका छन् ।

महामारी संकटमा एकअर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समय अनावश्यक दुःख दिने, समस्या बढाउने कार्य नगर्न सरकाले आग्रह गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७८, बिहिबार  ६ : ३२ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी